arrow

मे २ लाई क्यानले बिभिन्न कार्यक्रम गरी आइसिटी दिवस मनाउने

सोमबार बिहान ७ बजे भृकुटीमण्डवबाट प्रभातफेरी हुने

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
ComputerAN.jpg.jpeg
काठमाडौ । बिगत दिनहरुमा झै यसपटक पनि कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले मे २ लाई बिभिन्न कार्यक्रम गरी आइसिटी दिवस  मनाउने बताएको छ । क्यान स्थापना भएको दिनलाई आइसिटी डेको रुपमा बिगत बर्षहरुमा झै मनाइने बताइएको छ । गत बर्ष भने भूकम्पको कारण यो दिवश मनाउन सकिएन ।
 
क्यान महासंघको अगुवाईमा मनाउन लागिरहेको आइसिटी दिवसका दिन विभिन्न कार्यक्रमहरु आयोजना हुने क्यान महासंघका अध्यक्ष बिनोद ढकालले बताए । यस कार्यक्रमलाई सूचना प्रविधि विभागको समेत सहयोग रहेको छ ।
 
सोमबार विहान ७ बजे भृकुटीमण्डवबाट प्रभातफेरी आयोजना हुनेछ । बिभिन्न आइसीटी सम्बन्धीका संघ संस्थाहरु यस क्षेत्रका सूचनामूलक प्ले कार्ड र ब्यानर बोकेर भृकुटीमण्डव- शहिदगेट-न्युरोड-जमल-घन्टाघर हुदै पुन: भृकुटीमण्डप नै आएर प्रभातफेरी टुग्गिने छ ।
 
साथै बेलुका हुने एक बिशेष कार्यक्रममा आइसिटी क्षेत्रमा काम गर्ने ब्यक्ति तथा संस्थालाई बिभिन्न चार वटा बिद्यामा आइसिटी अवार्ड बितरण गरिने अध्यक्ष ढकालले जानकारी दिए । आइसीटी एक्सोलेन्ट अवार्ड, आइसिटी इन्नोभेसन अवार्ड, आइसिटी युज इन प्राइभेट सेक्टर, जस्ता बिषयमा ब्यक्ति तथा संस्थालाई अर्वाड प्रदान गरिने बताइएको  छ । सन् १९९२ मे २ का दिन क्यानको स्थापना भएको हो । हाल क्यान महासंघ भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ