arrow

गच्छदारले ओली, देउवा, प्रचण्ड सबैलाई डाके, भारतीय नेतापनि छुटाएनन्

logo
कुमोद अधिकारी ,
प्रकाशित २०७३ वैशाख १९ आइतबार
Bijaya_Gachhadar.jpg.jpeg
विराटनगर । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन सोमबारबाट विराटनगरमा शुरु हुँदैछ । तीन दिन दिनसम्म चल्ने महाधिवेशनमा पार्टी प्रतिनिधि तथा पर्यवेक्षक गरी तिनहजार जना सहभागी हुने जनाइएको छ ।
पार्टीले विराटनगगरमा पत्रकार सम्मेलनगरी अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।  अधिवेशनले नया नेतृत्व समेत चयनगर्ने जनाएको छ ।
 
सोमबार दिउँसो १ बजे हुने अधिवेशनको उद्घाटनमा एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी सर्मा ओली, नेपाली कांग्रेस सभापती शेरवहादुर देउवा एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्ष एव उपप्रधानमन्त्री कमल थापा लगायत भारतीय नेताहरु समेत सहभागी हुने उपप्रधानमन्त्री तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पत्रकार सम्मेलनमा जानकारी गराए । सोमबार विहान सबै नेताहरु विराटनगर आउने बताइएको छ । 
 
अध्यक्ष गच्छदारले अधिवेशनले हिमाल, पहाड तराइको भावनालाई सम्बोधन गर्दै संविधान कार्यान्वयमामा सहयोग पुग्ने बताए । उद्घाटनपछि सोमबार राति ९ बजेदेखी १२ बजेसम्म बन्दसत्र शुरु हुने जनाइएको छ । अधिवेशनमा सहभागी हुन सो पार्टीका केन्द्रिय नेताहरु विराटनगर आइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ