arrow

प्रम ओली, नेपाल र रणजीत रायबीच गोप्य भेट

‘नन सेड्युल भेट’

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
Ranjit_ray_.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेता माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत रणजीत रायले रात्रीभोज सहितको गोप्य भेट गरेका छन् । काठमाडौंको द्वारीका होटलमा भएकाे भेटमा अर्थमन्त्री विष्णु पौडेल समेत सहभागि भएका थिए । भेटघाटको विषय कसैले खुलाएनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले वेलायती राजदूतसंगको भेटबारे जानकारी भएको तर रायसंगको भेटघाट सेड्युल नभएकाले आफुलाई जानकारी नभएको बताए । यस्तै, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले टेलिफोन विच्छेद गरीदिए। 
 
रायसंगको भेटबारे आफुलाई जानकारी नभएको प्रधानमन्त्रीका परराष्ट्रविज्ञ गोपाल खनालले जानकारी दिए । उनले भने, ‘थाहा पाउनु पर्ने हो, क्षेत्र पनि मेरै हो, म व्यक्तिगत कामले घर आइहाले ।’ खनालले त्यसअघि बालुवाटारमा भएको संयुक्तराष्ट्रसंघका सहायक उपमहासचिव जोन एलिसनसंगको भेटमा भने आफु सहभागि भएको जानकारी दिए । सो भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको उनले बताए।
 
प्रधानमन्त्री ओलीले भारतीय राजदुतसँगको यो भेट संसदको अधिवेशन बस्नु दुई दिन अघी भएको छ। अधिवेशन अघी विपक्षी दलको तर्फबाट अख्तियार गर्ने रणनीतिका बारेमा काँग्रेसले २० गते वैठक बोलाएको छ।  द्धारिका भेटघाटमा संसद अधिवेशन लगायत तराई मधेशका दलहरुले गर्ने भनिएको आन्दोलन लगायत सरकार सञ्चालनका बिषयमा पनि कुराकानी भएको बताइएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ