काठमाडौं। भारतीय कप्तान महेन्द्र सिंह धोनीको टोली पुणे सुपरजायन्ट्सको हारको क्रम जारी रहेको छ। मुम्बई ईण्डियन्सले पुणेलाई ८ विकेटले पराजित गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको पुणेले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५९ रन बनाएको थियो। सौरभ तिवारीले ५७ रन बनाएका थिए भने स्टिभ स्मिथले ४५ रनको योगदान दिएका थिए। कप्तान धोनीले २४ बलमा २४ रन बनाएका थिए। मुम्बईका जसप्रित बुमताहले ३ विकेट लिएका थिए।
जवाफमा ब्याटिङ गर्न ओर्लेको मुम्बई ईण्डियन्सले १८.३ ओबरमा २ विकेटको क्षतिमा १६१ रन बनाउँदै खेल जितेको थियो। कप्तान रोहित शर्माले ६० बला ८५* रन बनाएका थिए भने जस बटलरले २७* रनको योगदान दिएका थिए।
आठ केलमा ४ जीत र ४ हारका साथ मुम्बई अंक तालिकाको ५औं स्थानमा रहेको छ भने ७ खेलमा २ जित र ५ हारका साथ पुणे छैठौं स्थानमा रहेको छ।