आइएमएस ग्रुपका अध्यक्ष मलहोत्राद्वारा नेपाल चिकित्सक संघलाई पाँच हजार मास्क हस्तान्तरण
पाँच हजार मास्क हस्तान्तरण
प्रकाशित २०७७ वैशाख २८ आइतबार
1k
Shares
काठमाडौं। आइएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले नेपाल चिकित्सक संघलाई पाँच हजार मास्क हस्तान्तरण गरेका छन।
मलहोत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो। मलहोत्राले आफ्नो कम्पनीबाट उत्पादित मास्क बिभिन्न अस्पताल, सुरक्षा निकाय, सामाजिक कार्यकर्ता र पत्रकारहरुलाई निशुल्क वितरण गर्दै आईरहेका छन।
कोरोना भाईरसको महामारीमा पनि आफ्नो ज्यान जोखिममा राखेर चिकित्सकहरु बिरामीको उपचार गरिरहेका चिकित्सकहरुलाई संघमै आएर मास्क वितरण गर्न पाएकोमा मलहोत्राले खुशी व्यक्त गरे। उनले भोलिका दिनमा पनि चिकित्सक संघसँग सहकार्य गरेर अगाडी बढने जनाउदै अहिलेको महामारीमा संघलाई अन्य थप सहयोग पनि गर्ने प्रतिबद्दता व्यक्त गरे।
कोरोना भाइरस कोभिड–१९ फैलिनसक्ने त्रासका बीच मास्क अभाव भईरहेका बेला मलहोत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेर देशको लागी धेरै राम्रो ठूलो सहयोग गरेको चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए।
मलहोत्राले अहिले ब्याबसाय गर्न भन्दा पनि सामाजिक कामका लागी मास्क कम्पनी सन्चालनमा ल्याएको बताए। उनले आफ्नो कम्पनीले दिनमा करिब ७० हजार मास्क उत्पादन गर्ने र शुरुका दिनमा उत्पादित मास्क सबै हस्पिटल लगाएतका क्षेत्रमा वितरण गरिदै आएको बताए।
उनले अबको केहि दिनबाट मास्कको सर्टेज नहुने समेत दाबी गरे। आफूहरुले उत्पादन गरेको सर्जिकल मास्क बजारमा समेत उपलब्ध रहेको उनले बताए। आफूहरुले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भैरहेको कालोबजारी पनि अन्त्य भएको उनले बताए। बजारमा छ्यापछ्याप्ती मास्क उपलब्ध हुदैछ अब मास्क नपाएर आत्तिनुपर्दैन मकहोत्राले भने। उक्त मास्क न्युन मूल्यमा पाइने समेत मलहोत्राले बताए।
यस्तो बेला जनता र सरकारलाई सहयोग गर्न पनि नाफा नखाने उनले बताए। चेम्बरले केही समयअघि कोरोना भाइरस नियन्त्रणसम्बन्धी बनाएको सहजीकरण समितिको संयोजकसमेत रहेका मलहोत्रा अहिलेको लकडाउनको समयमा पनि दैनिक मास्क वितरण गर्नमै व्यस्त रहेका छन। मलहोत्राले अहिलेको महामारीमा घरमै बसी सरकारले लागु गरेको लकडाउन पालना गरिदिन समेत सबैलाई आग्रह गर्दै आफु सुरक्षित हुदैँ समाजलाई समेत कोरोनाबाट सुरक्षित राख्न अनुरोध समेत गरे।