arrow

सगरमाथाबारे चीनको दावी, गल्ति सच्यायो तर मागेन माफी

logo
प्रकाशित २०७७ वैशाख २८ आइतबार
cgtn-correction-everest.gif

काठमाडौं। चीनले सगरमाथाका बारेमा गरेको आफ्नो दावीबाट पछि हटेको छ। चीनको सरकारी सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले आइतबार सगरमाथा तिब्बतको भूभाग रहेको दाबीबाट पछि हट्दै यसलाई नेपाल चीन सिमानामा रहेको भन्दै सच्चाएको छ।   

ट्वीटरमा आफ्नो गल्ती सच्याउने क्रममा सीजीटीएनले फेरि लेख्यो, ‘शनिबार माउन्ट एभरेस्ट समेत भनेर चिनिने माउन्ट झ्यामोलुङमा, नेपाल–चीन सीमानामा अवस्थित विश्वकै सर्वोच्च शिखरमाथिको आकाशमा सूर्यमा देखिएको अद्भूत घेरा।’ 

चीनको सरकारी संचारमाध्यमले यो ट्वीट सच्याउनु आफैंमा अर्थपूर्ण छ। नेपालमा चीन विरोधी भावना बढ्दै जाँदा चीनले हतार हतार यो ट्वीट सच्याएर सगरमाथामाथिको एकलौटी दावी छोडेको हो। 

नेपाली संचारमाध्यम र सामाजिक संजाल प्रयोगकर्ताले चीनले सगरमाथालाई आफे्नो भनेकोमा आपत्ती जनाउँदै प्रतिवादमा उत्रिएपछि चीन पनि यसलाई सुधार्न वाध्य भएको हो। 

यसअघी शनिवार सीजीटीएनले आफ्नो सोहि ट्वीटर ह्यान्डलमा केही तस्विर राख्दै लेखेको थियो, ‘शनिबार माउन्ट एभरेस्ट समेत भनेर चिनिने माउन्ट झ्यामोलुङमा, चीनको तिब्बत स्वायत्त प्रदेशमा अवस्थित विश्वकै सर्वोच्च शिखरमाथिको आकाशमा सूर्यमा देखिएको अद्भूत घेरा ।’

चीनले पुरानो ट्वीटलाई सच्याएपनि नेपाली भूभागमा रहेको विश्वकै सर्वोच्च शिखरबारे गरिएको मिथ्या दावीसहितको प्रचारका लागि भने सामान्य माफी समेत मागेको छैन । सगरमाथा नेपालमा रहेको तथ्य युनेस्कोको आधिकारिक दस्तावेजमा रहेको हेर्न भन्दै कतिपयले सीजीटीएनले आफ्नो पुरानो भनाइलाई पूर्ण रुपमा सच्चाएको रुपमा भन्न उसकै ट्वीटर ह्यान्डलमा गएर बताएका छन्।  

चीनले पछिल्लो समय सगरमाथाको उत्तरी मोहोडामा फाइभ जी इन्टरनेटको बेस स्टेशन निर्माण गरेको छ भने सगरमाथाको उचाई नाप्ने काम पनि शुरु गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ