दुई महिना अघी गायव लिपुलेकको संकल्प प्रस्ताव फेरि दर्ता
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख २८ आइतबार
1.2k
Shares
काठमाडौँ । फागुन २९ गतेको संसदको कार्यसूचीबाट गायब गरिएको लिपुलेक सम्वन्धी प्रस्ताव पुन नेकपाका सांसदहरुले संसदमा दर्ता गराएका छन्।
नेकपाका सांसद खगराज अधिकारीले बिहिबारको प्रतिनिधिसभा बैठकमा दार्चुलामा भारतद्वारा मिचिएका नेपाली भूमि फिर्ता गर्ने सम्बन्धी संकल्प प्रस्ताव पेश नै नभई फिर्ता भएको थियो। नेकपाका नेतृ तथा सांसद रामकुमारी झाक्री समर्थक भई पेश गर्ने भनिएको उक्त प्रस्ताव पेश नभई फिर्ता भएको थियो।
उनीहरुद्धारा दर्ता गरिएको प्रस्तावमा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पूर्ण भूभाग नेपालको रहेको कुरा ऐतिहासिक प्रमाण, तथ्यहरु, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्शाहरुले प्रमाणित गरेको उल्लेख छ ।
उनीहरुले लिम्पियाधुराबाट निस्किने कुटियाङ्दी नै महाकाली नदी भएकाले सो पूर्वको ४०० किमी भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक र प्रशासनिक नियन्त्रणमा राखेको उक्त भूभागमा नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गराउन संकल्प प्रस्तावमा पेश गरेको उल्लेख गरेका छन्।
यो पटक भने संकल्प प्रस्तावमाथि छलफल हुने सम्भावना बढी रहेको छ। लिपुलेकको सम्वन्धमा राष्ट्रिय एकता कायम रहेका कारण पनि यसमाथि छलफल हुने सम्भावना बढी छ। सभामुखले कार्यसूचीमा राखेमा यस प्रस्ताव माथि छलफल हुने संसद सचिवालयले जनाएको छ।