arrow

सप्तरीमा थप एक जनामा संक्रमण, १२१ पुगे संक्रमित

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
covid-test-positive-corona.jpg

काठमाडौं । सप्तरी जिल्लामा एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । 

डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो । 

संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको सङ्ख्या १२१ पुगेका छन् । 

यसअघि आज नै कपिलवस्तुका यशोधरा नगरपालिका र बुद्धभूमि नगरपालिकामा १० जनामा संक्रमण देखिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ