लहान। सिरहाको मझौरा–३ मा आज बिहान आगलागी हुँदा आधा दर्जन घर जलेर नष्ट भएका छन् ।
मझौरा–३ निवासी देवेन्द्र यादवको घरबाट बिहान ४ बजे अचानक सल्केको आगो फैलिएर भएको आगलागीबाट यादवसहित स्थानीयवासी हरि यादव, लखन यादव र मुकेश यादवको ६ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी एउटा भैँसी र ६ वटा बाख्रासमेत जल्नुका साथै खाद्यान्न, लत्ताकपडा लगायतका सम्पूर्ण समान जलेर नष्ट हुँदा करिब रु १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आगो स्थानीयवासी र प्रहरी चौकी झाँझपट्टिबाट खटिएकोे प्रहरीको प्रयासबाट नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन् । रासस