arrow

सरकार परिवर्तन : दुई कोइरालाका दुई विचार

logo
प्रकाशित २०७३ वैशाख २० सोमबार
2-koirala.jpg.jpeg
काठमाडौं । अमेरिका भ्रमणमा रहेका काँग्रेस महामन्त्री डा.शशाङ्क कोइरालाले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् । जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरले गरेको सम्मान कार्यक्रममा महामन्त्री कोइरालाले वर्तमान सरकार मधेसको समस्या समाधान गर्न असफल समेत सुनाए । 
 
मधेसको समस्या काँग्रेसले मात्र समाधान गर्न सक्ने जिकिर गर्दै महामन्त्री कोइरालाले पार्टीको सुन्दर सिद्धान्त बुझेर मात्र पार्टीमा लाग्न आग्रह गरे । पार्टीलाई जीवन्त बनाउन विचारको लडाइँ हुनुपर्ने बताउँदै महामन्त्री कोइरालाले व्यक्तिगत स्वार्थका आधारमा गुटबन्दी गर्न नहुने सुनाए । 
 
न्यूयोर्क, भर्जिनिया, डल्लास, लस एन्जल्स, सनफ्रान्सिस्को, सिकागोमा हुने कार्यक्रममा भाग लिई कोइराला अर्को साता स्वदेश फर्कने कार्यक्रम छ । महामन्त्रीले सरकार परिवर्तनको खेलमा नरहेको बताइरहेका बेला १३ औं महाधिवेशनमा सर्वाधिक मत ल्याउने अर्थात् ‘म्यान अफ द इलेक्सन’ भएका कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारको तत्काल विकल्प खोज्नु पर्ने बताएका छन् । 
 
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले समेत आफ्नो पार्टी बलियो प्रतिपक्षीको भूमिकामा बस्ने बताइरहेका छन् । यद्यपि, कोइरालाले कोइरालाले सरकारको विकल्प खोज्नुपर्ने बताए । उनले आइतबार भ्रातृ संगठन ट्रेड युनियन कांग्रेसको आइतबार राजधानीमा सुरु भएको राष्ट्रिय सम्मेलनमा सरकार परिवर्तनको कुरा झिके । कोइरालासंगै विमलेन्द्र नीधि समेत सरकार परिवर्तनको पक्षमा देखिए ।  कोइराला र नीधिले सरकारको विकल्प खोज्नुपर्ने अभिव्यक्ति दिएपनि सभापति देउवाले त्यसबारे कुनै टिप्पणी गरेनन् ।
 
मंगलबारदेखि सुरु हुने व्यवस्थापिका संसद् अधिवेशनका क्रममा सबैभन्दा ठूलो दलको नाताले कांग्रेसले सरकारको विकल्प खोज्नतिर ध्यान दिनुपर्ने कोइराला र नीधिको जोड थियो । मधेसवादी दलका मागलाई सम्बोधन गरेर संविधानको प्रभावकारी कार्यान्वयनका लागि सरकारको विकल्प खोज्नुपर्ने उनीहरुको धारणा छ । सभापति देउवासमेत सहभागी रहेको कार्यक्रममा कोइराला र नीधिले संविधान कार्यान्वयन र संघीय गठबन्धनले उठाएका माग सम्बोधनबारे सरकार गम्भीर नरहेको र असफल भइसकेको टिप्पणी गरे ।
 
दुवै नेताले भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्ने, पीडितलाई राहत दिने, आपूर्ति व्यवस्था सहज तुल्याउने, कालोबजारी नियन्त्रण गर्ने, प्रशासनलाई चुस्त–दुरुस्त पार्ने मामिलामा सरकार असफल भएको टिप्पणी गरे । यद्यपि, वर्तमान सरकारले नियमावली निमार्ण र संसदीय सुनुवाई विशेष समितिमा भने कांग्रेसलाई च्यापेका छन् । आइतबार बसेको मुख्य दलहरुको बैठकमा सभामुखले कांग्रेस सभापतिलाई च्यापेपछि उनले समय मागेका छन् । सोमबार पनि बैठक बस्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ