arrow

राप्रपा अध्यक्ष चन्दको स्वास्थ्य सुधार

logo
प्रकाशित २०७३ वैशाख २० सोमबार
lokendra-Bdr-chand-new.jpg.jpeg
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।  बल्खुस्थित वयोधा अस्पतालमा एक सातादेखि मुटुरोगको उपचार गराइरहेका अध्यक्ष चन्दको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको पार्टी प्रवक्ता किरण गिरीले जानकारी दिए ।  
 
केही दिनअघि चन्दको मुटुको शल्यक्रिया भएको थियो । आजदेखि पूर्वप्रधानमन्त्री चन्दले सामान्य कुरा गर्ने तथा झोलिलो खानेकुरा खान थाल्नु भएको छ । प्रवक्ता गिरीका अनुसार चन्दको स्वास्थ्यमा अझ सुधार हुँदै गए चाडै अस्पतालबाट डिस्चार्ज गर्न सकिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ