arrow

पत्नीकाे रिटले दीक्षितलाई सर्वोच्चमा पुर्‍यायाे

logo
प्रकाशित २०७३ वैशाख २० सोमबार
Kanak-Mani.jpg.jpeg
काठमाडौँ  । साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष तथा संचार उद्यमी कनकमणि दीक्षितलाई सोमबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । अकूत सम्पत्ति जोडेको आरोपमा हिरासतमा लिइएका दीक्षितलाई अदालतको आदेशअनुसार सर्वोच्च अदालतमा उपस्थित गराइएको हो । 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा राखेका पत्रकार दीक्षितको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा उपचार हुँदैआएको थियो । सोमबार अदालतको आदेशअनुसार सर्वोच्चमा उपस्थित गराइएको हो ।  यही वैशाख १५ गते कानुनी प्रक्रिया नपुर्‍याई याई हिरासतमा राखेको भन्दै दीक्षितकी पत्नी शान्ता दीक्षितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् । 
 
यसअघि यही वैशाख १२ गते विशेष अदालतले साझा यातायातका अध्यक्ष दीक्षितलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको थियो । अकूत सम्पत्ति जोडेको अभियोगमा अख्तियारले यही वैशाख १० गते दीक्षितलाई पक्राउ गरेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ