भारतका रक्षामन्त्री लिपुलेकमा बाटो उद्घाटन् गर्दा हाम्रा रक्षामन्त्री सामान खरीदमा व्यस्त
संसदमा दिब्यमणीको प्रश्न, सार्वभौमसत्ता तथा अखण्डतामा चिप्लिदाँ रक्षा मन्त्री,परराष्ट्रमन्त्रीले राजिनामा दिनुनपर्ने ?
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
507
Shares
काठमाडौ । राज्यको सार्वभौमसत्ता तथा अखण्डतामा चिप्लिदाँ रक्षा मन्त्री, परराष्ट्रमन्त्रीले राजिनामा दिनुनपर्ने भन्दै सांसद दिब्यमणी राजभण्डारीले संसदमा प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद राजभण्डारीले नेपालका चेलीकोबारेमा बोली चिप्लिदाँ एक मन्त्रीले राजीनामा दिएको स्मरण गराउँदै अन्यले मन्त्रीले नैतिकता देखाउनु पर्ने कि नपर्ने भनेर प्रश्न तेर्साएका हुन् ।
भारतका रक्षामन्त्रीले पिथौरागढदेखि मानसरोवरसम्मको नेपाली भूमिमा बनेको बाटो उद्घाटन गर्दा हाम्रा रक्षामन्त्री सामान खरिदमा लागिरहेको राजभण्डारीले बताए। जिम्मेवारी लिएर बसेका रक्षा मन्त्री, परराष्ट्रमन्त्री तथा भारतका लागि नेपाली राजदुतले के हेरेर बसेका हुन् भन्ने प्रश्न तेर्स्याउँदै उनले घुमाउरो पारामा राजिनामा समेत माग गरे।