arrow

ओलीले आफ्नै उपप्रधानमन्त्री गच्छदारलाई ढाँटे

logo
प्रकाशित २०७३ वैशाख २० सोमबार
kp-oli.jpg.jpeg
विराटनगर । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन  विराटनगरमा शुरु भएको छ । विराटनगरको शहीद रंगशालामा सुरु भएको उद्घाटन सत्रमा प्रमुख दलका नेताहरु र भारतीय नेताहरु सहभागि भएका छन् । यद्यपि, उपप्रधानमन्त्री समेत रहेका विजयकुमार गच्छदारले आफ्नो पहिलो महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत डाकेकामा ओली उपस्थित भएनन् । ओली १२ : ३० मा विराटनगर पुग्ने कार्यतालिका थियो । पछि सो समय सरेर २ः३० पुग्यो । अन्ततः ओली आएनन् ।  
 
ओलीको पार्टीबाट माधव कुमार नेपाललाई विराटनगर पुगे । सरकारका तर्फबाट स्वास्थ्यमन्त्री राम जनम चौधरी देखिए । उता कांग्रेस सभापति शेरबहादुर देउवा समेत गच्छदारको महाधिवेशन उद्घाटनमा आएनन् । कांग्रेसका तर्फबाट प्रकाशमान सिंह विराटनगर पुगे । यद्यपि, प्रकाशमान पदाधिकारी भने होइनन् । उनी केन्द्रीय सदस्य मात्रै हुन् । शीर्ष नेतालाई बोलाएकामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मने गच्छदारको निम्तोलाई स्वीकारेका छन् । दाहाल विराटनगर पुगेका छन् । भारतीय सत्तारुढ पार्टी पाजपाका नेता भगतसिंह कोसियारी कार्यक्रममा सहभागि भएर समेत फर्किसकेका छन् ।    
 
गच्छदारले आइतबार विराटनगगरमा पत्रकार सम्मेलनगरी उद्घाटनमा एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी सर्मा ओली, नेपाली कांग्रेस सभापती शेरवहादुर देउवा एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्ष एव उपप्रधानमन्त्री कमल थापा लगायत भारतीय नेताहरु समेत सहभागी हुने जानकारी गराएका थिए ।  
 
अध्यक्ष गच्छदारले अधिवेशनले हिमाल, पहाड तराइको भावनालाई सम्बोधन गर्दै संविधान कार्यान्वयमामा सहयोग पुग्ने बताए । उद्घाटनपछि सोमबार राति ९ बजेदेखी १२ बजेसम्म बन्दसत्र चल्ने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ