arrow

दुध वेच्नेको पिडा- लकडाउनको नाममा काठे पुल र गल्ली वन्द गर्दा दुध कहाँ वेच्ने ?

logo
नारायण वली,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
pul1.jpg

रुपन्देही । रुपन्देहीको फर्साटिकरका रामेश्वर शर्मा बुटवल वजारमा एकाविहानै दुधको भाँडो लिएर प्रत्येकको घर–घरमा पुग्छन् । हातमा पञ्जा र मुखमा मास्क लगाएर उनी विहान राती ५ वजे दुध लिएर विक्रिका लागि बुटवल आई पुग्छन् ।

राज्यले दुग्ध जन्य पदार्थलाई विक्री वितरण गर्न कुनै रोक नलगाईएको जनाए पनि तर यता सडक वन्द गर्नाले त्यही दुध वेचेर गाई वस्तुलाई दानापानी खुवाउने लिने समेत पैसा आउने ठाउँ वन्द भएपछि अव उनले के गर्ने भनी दुखेसो पोखे ।

यस्तै पछिल्लो समय प्रदेश नं. ५ को अस्थायी मुकाम रुपन्देही कोरोना भाईरस (कोभिड–१९) संक्रमणको “हट स्पट” वन्न पुगेकाले मंगलवार (हिजो) देखि लडकाउनलाई थप कडाई गर्ने गृह मन्त्रालयको निर्देशन पश्चात् बुधवार (आज) बुटवलका प्रत्येक गल्लीहरु वन्द गरिएको छ । 

कुनै पार्टीले आह्वान गरे जस्तो लकडाउनमा प्रत्येक सडक तथा गल्लीहरु स्थानिय नागरिकहरुले काठका घारा लगाएर बन्द गर्दा विशेषगरी व्यवसायिक गाई तथा भैंसी पालनहरु गर्दै आएका किसानहरु लगायत स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीहरु मारमा परेको र विरामी भएका व्यक्तिहरुलाई आपत्कालिन अवस्थामा अस्पताल पुर्‍याउन कठिन हुने अवस्था सृजना भएको छ ।  

लकडाउनको नाममा टोल एंव गाउँहरुका गल्लीहरु वन्द गर्दा स्वास्थ्य समस्या देखि अन्य अत्यावश्यक कामहरुमा समस्या आउने भएकाले कोरोना भाईरसको उच्च जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्न सडक वन्द गर्ने नाममा केही स्थानिय व्यक्तिहरुले हातमा लौरा लिएर वस्न के लकडाउनको नियममा उल्लेख गरिएको छ भन्दै बुटवल निवासी ईन्द्र श्रेष्ठको भनाई रहेको छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ