arrow

काठमाडौं लगायत देशभर मौसम वदली, वर्षाकाे सम्भावना

मनसुन भित्रिन ४० दिन बाँकी

logo
प्रकाशित २०७३ वैशाख २० सोमबार
mausam.jpg.jpeg
काठमाडौं । देशभरको मौसममा वदली आएको छ । देशको पूर्वी पहाडी र पश्चिम पहाडी क्षेत्रमा पूर्ण वदली भएको छ भने, काठमाडौं उपत्यका लगायत आसपास र पूर्वी तराईमा आंशिक वदली भएको छ । 
 
वदलीको स्थिति रहिरहे राति सम्म काठमाडौं उपत्यकामा हल्का वर्षा हुने मौसमविद् मिन कुमार अर्यालले जानकारी दिए । अर्यालका अनुसार वदली दुई चार दिन रहनेछ । मंगलबार पनि काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा बाक्लो वर्षाको सम्भावना रहेको अर्यालले जानकारी दिए । प्रि–मनसुन सुरु भएको दुई महिना भइसकेको बताउँदै उनले अहिले वदलीको स्थिति मात्रै रहेको र मौसम प्रणाली भने विकसित नभएको बताए । 
 
मौसम प्रणाली विकसित नभएकाले सुख्खा र तापक्रम वृद्धिको समस्या आएको उनको भनाई छ । अर्यालले उपत्यका लगायत आसपासका क्षेत्रमा सोमबार राति सम्म हल्का वर्षा हुने बताएपनि मौसमविद् बरुण पौडेलले रातिबाट वदली बढ्ने भएपनि पानी पर्ने सम्भावना कम रहेको बताएका छन् । 
 
पौडेलले स्थानीय वायु सक्रिय भएको र पश्चिमी वायु समेत भित्रिएकाले मंगलबार र वुधबार मौसम वदली हुने तथा अधिकांश स्थानमा पानी पर्ने सम्भावना छ– भने । मंगलबार र वुधबार पहाडी क्षेत्रमा बाक्लो पानी पर्ने सम्भावना छ । 
 
मनसुन भित्रिन ४० दिन बाँकी 
यस वर्ष समयमै मनसुन सक्रिय हुनेमा मौसमविद्हरु पूर्ण जानकारी तयार पार्न सकेका छैनन् । यद्यपि, मनसुन सुरु हुन अब ४० दिन बाँकी छ । नेपालमा जुन १० देखि १२ सम्म काठमाडौंमा मनसुन पुग्ने गर्दछ । यद्यपि, त्यो मौसम प्रणालीमा भर पर्दछ । गएको वर्ष समेत ढिलो गरी मनसुन सुरु भएको थियो । यसपटक समेत मौसम प्रणाली विकासमा खासै सुधार भएको छैन । त्यसकारण केही ढिलाई हुन सक्ने मौसमविद्हरुको अनुमान छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ