धनुषाको क्वारेन्टाइनमा स्वास्थ्य सामग्री हस्तान्तरण
निरंजन कुमार साह,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
1.3k
Shares
धनुषा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्रीहरु धनुषाको बिदेह नगरपालिकामा रहेको एक क्वारेन्टाइन हस्तान्तरण गरिएको छ ।
बुधबार जनता समाजवादी पार्टीकाका केन्द्रीय सदस्य तथा सहकारी बिभाग केन्द्रीय संयोजक संजय साहको पहलमा समाजिक बिकास मन्त्रालय अन्त्रगत आपूर्ति महाशाखाबाट समानवय गरेर कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सामग्रीहरु पीपीई- ७ थान, एन९५ मास्क १० थान, थर्मोगन (ज्वरो मापन गर्ने),सर्जिकल मास्क ६०० पिस, १० लिटर सेनिटाइजर, ग्लोबस् सहितका स्वास्थ सामाग्री बिदेह नगरपालिका मेयर बेचन दास र प्रमुख प्रशान्निय आधिकृत संजिव साहलाई हस्तान्तरण गरिएको छ।
साथै बिदेह नगरपालिकामा पर्ने स्वास्थ चौकीहरुमा पीपीई, एन ९५ मास्क ,थर्मोगन (ज्वरो मापन गर्ने)सर्जिकल मास्क, सेनिटाइजर सहितका स्वास्थ सामाग्री वितरण गरेका साहले जानकारी दिए।
कार्यक्रममा स्वास्थ्य संयोजक राम गुलाम कर्ण , स्वास्थ्यकर्मी र्बिनोद शर्मा लगायत सबै स्वास्थ्य कर्मचारीको उपस्थित थियो।