arrow

सर्वोच्चको आदेशपछि कनकमणि दीक्षित रिहा

logo
प्रकाशित २०७३ वैशाख २० सोमबार
Kanak-Mani.jpg.jpeg
काठमाडौं । सर्वोच्च अदालतले संचार उद्यमी कनकमणि दीक्षितलाई तत्काल थुना मुक्त गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशपछि दीक्षित रिहा भएका छन् । दीक्षित पत्नी शान्ता दीक्षितले वैशाख १५ गते कानुनी प्रक्रिया नपुर्‍याई  हिरासतमा राखेको भनि दर्ता गरेको वन्दी प्रत्यक्षीकरणको रिटबारे सुनुवाई गर्दै कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलाशले दीक्षितलाई रिहा गर्न आदेश दिएको हो ।
 
 
यसअघि, वैशाख १२ गते विशेष अदालतले साझा यातायातका अध्यक्ष समेत रहेका दीक्षितलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको थियो । अकूत सम्पत्ति जोडेको अभियोगमा अख्तियारले यही वैशाख १० गते दीक्षितलाई पक्राउ गरेको थियो ।
 
दीक्षित रिहा भएसंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग नैतिक संकटमा परेको छ । अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नियमसंगत काम नगरेको भन्दै दीक्षित पक्राउपछि उनको आलोचना भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ