arrow

कपिलवस्तु कांग्रेसमा कार्यवाहक सहित १० मनोनित, सारा जिम्मेवारी अब्दुल खाँलाई

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७३ वैशाख २० सोमबार
congress-flag.jpg.jpeg.jpeg
 कपिलवस्तु ।  नेपाली कांग्रेस कपिलवस्तुले जिल्लामा जिल्ला कार्यवाहक सभापति  सहित १० जना सदस्य मनोनित गरेको छ । यसअघि जिल्ला उपसभापतिमा मनोनयन गरिएका अब्दुल कलामखाँलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । पार्टी सभापति सुरेन्द्र राज आचार्य सांसद समेत रहेकाले धेरै समय काठमाण्डौ रहनु पर्ने भएकाले जिल्लामा पार्टीको कामलाई मजवुद र संचालन गर्न खाँलाई कार्यवाहक दिइएको सभापति आचार्यले बताए ।  
 
यस्तै, कांगे्रसको विधान २०१७ मा संशोेधन परिमार्जन गरी मिलाइएको परिच्छेद ३ को धारा १०—२ ख को ५ ख बमोजिम जिल्ला सभापतिले मनोनित गर्ने १० जना सदस्य समेत अचार्यले मनोनित गरेका छन् । मनोनित सदस्यहरुमा आर्चायले पूर्व जिल्ला सभापति सहित सगठनमा महत्वपूर्ण जिम्मेवारी सम्हालेकाहरु छन् । क्षेत्र नम्ब १ बाट पूर्व क्षेत्रिय सभापति एवं वर्तमान महासमिति सदस्य हरिराज घिमिरे र पूर्व जिल्ला सदस्य रविराज आचार्य मनोनित भएका छन् । 
 
त्यस्तै, क्षेत्र नम्बर २ बाट पूर्व क्षेत्रिय सभापति एवं महासमिति सदस्य लोकनाथ शर्मा र महाधिवेशन प्रतिनिधी ललित गुरुङ मनोनयन भएका छन् । क्षेत्र नम्बर ३ बाट पूर्व जिल्ला सभापति सुधाकर पाण्डेय र महाधिवेशन प्रतिनिधी अब्दुल रउफ खाँ मनोनित हुँदा क्षेत्र नम्बर ४ बाट पूर्व क्षेत्रिय सभापति एवं महासमिति सदस्य प्रेमबहादुर रायमाझी र महासमित सदस्य जवाहारलाल थारु मनोनित भएका छन् । त्यसैगरी, क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधी हुमकान्त खनाल र बदलु रैदास मनोनित भएका छन् । 
 
सभापति सुरेन्द्र राज आचार्यले प्रेस विज्ञप्ती जारी गरी मधेसी, दलित जनतजाती, मुस्लिम लगायतका अगुवा कार्यकर्ताहरुको मनोनयन गरिएकाले पार्टीलाई थप योगदान पुग्ने उल्लेख गरेका छन् । उता कार्यवाहक सभापति पाएसंगै अब्दुल कलाम खाँले आफुले पाएको जिम्मेवारी अनुसार पार्टीको संगठनलाई मजवुद र सक्षम रुपमा लैजाने प्रतिवद्धता जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ