चिनियाँ राष्ट्रपति सी र दक्षिण कोरियाली राष्ट्रपति मुनबीच टेलिफोन वार्ता
सिन्ह्वा,
प्रकाशित २०७७ जेठ १ बिहिबार
399
Shares
बेइजिङ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि आपसी सहकार्य गर्ने बिषयमा टेलिफोन वार्ता भएको छ। कोभिड–१९को रोकथाम तथा नियन्त्रणका क्रममा चीन र दक्षिण कोरियाले सधैं नै एकले अर्कालाई सहायता गर्दै आपसमा ‘शून्य आगत’ को रेकर्ड सिर्जना गरेको निश्कर्ष आफूहरूबीच भएको राष्ट्रपति सीले बताए।
मैत्रीपूर्ण छिमेकी मुलुकको रूपमा यी दुबै मुलुकले साझा विकास समृद्धि, क्षेत्रीय शान्ति तथा स्थिरताको संरक्षण, बहुपक्षीयतावाद र स्वतन्त्र व्यापारको संरक्षण आदि धेरै क्षेत्रमा अझ बढी साझा हित सिर्जना गरेका सीले बताए। उक्त अवसरमा कोरियाली राष्ट्रपति मुनले चिनियाँ राष्ट्रपति सीको नेतृत्वमा चीनको महामारी रोकथाम तथा नियन्त्रणमा उल्लेखनीय उपलब्धि देखिएको बताएका थिए।
मुनले दक्षिण कोरियाले यसमा उच्च मूल्याकन गर्ने बताएका थिए।