arrow

दाङमा एमालेकाे महिला संघ दुई टुक्रा, केन्द्रले यसरी गरायो झगडा

logo
प्रकाशित २०७३ वैशाख २० सोमबार
anema-mahila-fed.jpg.jpeg
दाङ  । एमालेको महिला संगठन अखिल नेपाल महिला संघ दाङ विभाजन भएको छ । संघको एउटा पक्षले केही दिन पहिले केन्द्रीय अध्यक्ष गोमा देवकोटा र सचिव सुजिता शाक्यलाई उपस्थित गराएर सातौं जिल्ला अधिवेशन गराएको केही दिनमै अधिवेशन बहिस्कार गरेको अर्को पक्षले पत्रकार सम्मेलन गरेर अधिवेशन अवैधानिक भएको जनाएको छ ।
 
अधिवेशन बहिस्कार गरेको पक्षकी अध्यक्ष सीमा न्यौपानेले पत्रकार सम्मेलनमा आफू अध्यक्ष भएको संघको सम्मेलन र अधिवेशनबारे आफूलाई जानकारी नै नदिई अर्कै व्यक्तिलाई अध्यक्षता गराई केन्द्रीय अध्यक्ष र सचिवले जबर्जस्ती अधिवेशन गराएको बताइन् । गुट–उपगुट सृजना गराउने उद्देश्यले केन्द्रीय नेताहरुले नै संघमा विभाजन ल्याएको अध्यक्ष न्यौपानेको जिकिर छ ।
 
संगठनमा क्रियाशील नै नरहेको व्यक्तिलाई अध्यक्षता गराई झण्डै दुई तिहाई संख्यामा रहेका आफूहरुलाई जानकारी नै नगराएर सम्मेलन गराएकोप्रति सो समूहले कडा आपत्ती जनाएको छ । वैधानिकरुपमा जिल्लाको अधिवेशन गर्ने आफूहरु तयारीमा रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । 
 
संघको अर्काे समूहले गएको शनिबार घोराहीमा गरेको सम्मेलनले रेखा शर्माको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । यता, रेखा शर्मा नेतृत्वको अनेमसंघको बैठक बसेको छ । संघकी अध्यक्ष रेखा शर्माको अध्यक्षता एवं केन्द्रीय सचिव सुजिता शाक्यको प्रमुख आतिथ्यता र राप्ती अञ्चल ईञ्चार्ज तिर्था गौतमको विशिष्ट आतिथ्यतामा बसेको बैठकले १५ सदस्यीय सचिवालय गठन गरेको छ । जसमा कमला आचार्य, कमलापति चौधरी, विश्वमाया रेग्मी, वसन्ता महरा, शान्ता केसी, राधा पौडेल, ईश्वरा रावत, रामकली चौधरी, सरिता चौधरी, मनमाया केसी छन् । 
 
त्यस्तै बैठकले अम्विका पोख्रेलको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । जसमा सुवर्णा आचार्य, पुष्पा पोख्रेल, अम्विका बिष्ट, अमृता गौतम, ललिता केसी, चित्रा मल्ल, प्रभा पोख्रेल, सरिता थापा, लक्ष्मी थापालगायत रहेका छन् ।  बैठकले पाँचवटै क्षेत्रको ईञ्चार्ज तोकेको छ । जसमा क्षेत्रनम्वर १ मा कमला आचार्य, २ मा मता केसी, ३ मा भारती गौतम, ४ मा पुष्पा लामिछाने र ५ मा यशोदा घिमिरे रहनुभएको छ । 
 
त्यस्तै सचिव जानका रेग्मी संगठन बिभागमा, कार्यालय सचिवमा शान्ता अधिकारी, प्रकाशन तथा प्रचार बिभागमा गायत्रा डाँगी, प्रशिक्षण बिभाग हुमा डिसी, महिला हिंसा बिरुद्धको अभियान समितिमा गोमा बस्नेत, स्वास्थ्य बिभाग प्रमुख राधा पौडेल, सामाजिक संघसंस्था बिभाग युवा करारा, कानुन बिभाग केशरा खनाल र युवा समिति बिभागमा मनमाया केसीलाई जिम्मेवारी दिएको सचिव जानका रेग्मीले जानकारी दिइन् । रेग्मीका अनुसार बैठकले वैशाख मसान्तसम्म क्षेत्रीय सम्मेलन गरिसक्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ