arrow

मुगुका ५६ जना गरिव, विपन्न, एकल महिला, असहायलाई पत्रकारले वितरण गरे राहत  

परदेशको कमाई विपन्नलाई थमाई

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ जेठ २ शुक्रबार
rahat-distribution-mugu.gif

मुगु । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी चैत्र ११ गते देखि लागु भएको लकडाउनका कारण बिहान बेलुकि छाक टार्न समस्यामा परेका अपाङ्ग, एकल महिला, बेसाहारा र विपन्न ब्यक्तिलाई बिदेशमा रहेका नेपाली फोटो पत्रकारको आर्थिक सहयोगमा राहत बितरण गरिएको छ । 

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी चैत्र ११ गते देखि लागु भएको लकडाउनका कारण बिहान बेलुकि छाक टार्न समस्यामा परेका छाँयानाथ रारा नगरपालिका १ देखि १४ वडाका ५६ जना अपाङ्ग, एकल महिला, बेसाहारा र विपन्न ब्यक्तिलाइ हाल नाईजेरियामा रहेका स्टोरिज अफ नेपालका नेपाली फोटो पत्रकार जयदेब पौडेलको १ लाख ७ हजार ८ सय ७५ आर्थिक सहयोगमा  राहत बितरण गरिएको हो ।

छाँयानाथ रारा नगरपालिका १ देखि १४ वडाका अपाङ्ग १७ एकल महिला १९ र १४ जना वेसाहारा तथा बिपन्न व्यत्तिहरुलाई नेपाल पत्रकार महासंघ मुगुका सदस्यहरुले प्रति ब्यक्ति १५ किलो चामल, ४ किलो दाल, १ लिटर खानेतेल, एक किलो नुन र तिनवटा नुहाउने साबुन उनीहरुको घरमै पुगि बितरण वितरण गरेको पत्रकार जिवन सेजुवालले बताए।

लकडाउनका कारण बिहान बेलुका छाक टार्न समस्या भईरहेका बेला बिदेशमा रहेका स्टोरिज अफ नेपालको टिम सहित फोटो पत्रकार जयदेब पौडेलले आफु जस्ता अन्य ब्यक्तिलाई ठूलो गुन लगाएको छाँयानाथ रारा नगरपालिका ५ कि पुर्ण अपाङ्ग नानीभाउ कामीले बताए । लकडाउनका कारण बिहान बेलुका के खाने समस्या थियो, केही दिनका लागी भएपनि यो खाद्यान्नले एक छोरा एक छोरी सहित आफनो तीन जनाको परिवारलाई ठूलो राहत हुने सोही नगरपालिका १० की जनादेबी बिकले बताइन। परदेशमा आफनो छाक काटेर हामी जस्ता विपन्न गरिवको घरमा चुलो बाल्न सहयोग गर्ने पत्रकारहरुको भलो होस भन्दै राहत पाउनेहरुले आशिर्वाद पनि दिएका छन्। 

लकडाउनका कारण हुने खानेलाई त समस्याा परिरहेको बेलामा गरिव, विपन्न, एकल, फरक क्षमताका व्यक्तिहरुले कसरी छाक टारेका होलान भन्ने सोचेर आफुहरुको टिमले केहि रकम संकलन गरेर दुर्गम तथा पिछडीएका क्षेत्रहरुमा रहेका यस्ता व्यक्तिहरुलाई कम्तिमा एक हप्तासम्म खान पुगोस भनेर सहयोग गरेको फोटो पत्रकार जयदेब पौडेलले फोनमा बताए। हामीले त रकम मात्र जम्मा गरिदियौ मुगु जस्तो विकट जिल्लामा लक्षित वर्गको पहिचान गरि निस्पक्ष राहत वितरण गर्न स्थानिय पत्रकार तथा नेपाल पत्रकार महासंघले सहयोग गरेकोमा उनले धन्यवाद दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ