arrow

यसरी सुरु भयो ओलीको दिनगन्ती

logo
प्रकाशित २०७३ वैशाख २१ मंगलबार
kp-oli.jpg.jpeg
काठमाडौं । राष्ट्रवादी र प्रगतिशिल पक्षधरको लेप लगाउदै गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको छ । पुर्ननिर्माण र संविधान कार्यान्वयनको दुवै मुल कार्यभारमा सिन्को भाच्न नसकेपछि उनको दिनगन्ती सुरु भएको हो। 
 
ओलीले काम गर्न नसकेको विषयमा जनस्तरबाट ओली र एमालेको सर्वत्र चर्को आलोचना भईरहेका बेला सरकारलाई समर्थन गर्ने अन्य दल तथा नेताको पनि नकारात्मक टिप्पणी हुन थालेकाले ओलीको पक्षमा रहेकाहरु पनि अहिले ओलीको विपक्षमा उभिएका छन् । उनीहरुले ओलीलाई जति साथ दिदा पनि आफ्नो व्यक्तीगत लोकप्रियता र भाषणबाजीमा केन्द्रीत भएकाले उनीबाट काम नहुने निश्कर्ष निकालेका छन् । 
 
उनलाई सवै भन्दा बढी साथ दिएको सत्तारुढ गठबन्धनको दोस्रो ठूलो दल एकीकृत नेकपा माओवादी, अर्का प्रमुख दुई दल मधेशी जनाधिकार फोरम लोकतान्त्रीक र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका सत्तारुढ दलहरु उनको विकल्पको खोजीमा लागेका छन् । त्यसैगरी प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, आन्दोलनरत पक्ष मधेशी मोर्चा लगायत पनि ओलीको विकल्पमा सक्रिय हुन थालेका छन् । 
 
एमाओवादीका महासचिव कृष्णबहादुर महरा वर्तमान सरकार पूर्णरुपमा असफल भएको ठम्याईसहित विकल्पको खोजीमा लागिरहेका छन् । उनले सरकारमा सहभागी नभएका केही साना दलका नेतासँग सरकार परिवर्तनका विषयमा छलफल गरिरहेको श्रोतले जनाएको छ ।
 
एमाले नेतृत्वमा सरकार गठन गर्न एमाओवादीले गरेको आठबुँदे सम्झौता कार्यान्वयन नभएको, सरकारले कालोबजारी नियन्त्रण गर्न नसकेको, भूकम्पपछिको पुनर्निर्माणमा अपेक्षाकृत काम गर्न नसकेको उनको भनाई छ ।
 
एमाओवादीले औपचारिक रुपमा अहिलेको सरकारको विकल्पको कुरा नगरेपछि संविधान कार्यान्वनय, मधेस मुद्दा सम्बोधन, भुकम्प पछिको पुननिर्माण लगायत मुख्य समस्या समाधानमा सरकार उदासिन देखिएको भन्दै सरकारलाई कार्यशैली परिवर्तन गर्न धेरै पटक दवाव दिदै आएको छ ।
 
एमाओवादीमा महरा सहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षधरका नेताहरु सरकार परिवर्तनको पक्षमा उभिएका छन् । उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री र आफ्नै पार्टीका एक जना उपप्रधानमन्त्री बन्नेगरी एमाले बाहेकका सवैलाई समेटेर नयाँ सरकार बनाउने कसरत सुरु गरेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई बनाउन नसके उपप्रधान र गृह सहित कृष्णबहादुर महराले नेतृत्व गर्नेगरी सरकारमा जान सकिने माओवादीको आन्तरिक तयारी छ । यस्तो अवस्थामा निर्वाचनमा जाँदा एमालेसंग प्रतिश्पर्धा गर्न काँग्रेस र एमाओवादी दुवैलाई सजिलो हुनुका साथै मधेशीहरु पनि सरकारमा आउने भएकाले संविधान कार्यान्वयनमा पनि सजिलो हुने एमाओवादीको निश्कर्ष छ । 
 
मधेशी मोर्चाका नेता सर्वेन्द्रनाथ शुक्लले पुर्ननिर्माण र संविधान प्रतिको असन्तुष्टीलाई समाधान गर्ने मुख्य दुई जिम्मेवारी भएको ओली सरकारले दुवै विषयमा एक इन्च पनि काम गर्न नसकेकाले यो सरकारले अव पनि केही गर्न नसक्ने बताउछन् । उनले आफुहरु नयाँ सरकार बनाउने खेलमा नलागेको दावी गरेपनि अहिलेको सरकारबाट कुनै आशा नभएको पनि स्पष्ट पारे । त्यस कारणले मधेशी मोर्चा पनि ओलीको विकल्पमा लागेको स्पष्ट हुन्छ । 
 
मुलुकको सवै भन्दा ठुलो र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पनि सरकार परिवर्तनको वहस निकै धेरै भईसकेको छ । पार्टीको सभापति र संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनासाथ नेता बालकृष्ण खाँणले सुरु गराएको नयाँ सरकार गठनको वहसमा अहिले अधिकांश नेता कार्यकर्ता सहमत देखिन्छन् । अहिलेकै अवस्थामा सभापति देउवाको नेतृत्वमा सरकार बन्ने संभावना न्युन देखेका काँग्रेस नेताहरुले एमाओवादी अध्यक्ष प्रचण्डलाई नेतृत्व दिएरै भएपनि ओलीको विकल्प खोज्नु पर्नेमा जोड दिनेगरेका छन् । 
 
ओली सरकार लम्वीनु भनेको संविधान कार्यान्वयन, भूकम्पपीडितलाई राहत वितरण, पुनर्निर्माण, मधेस मुद्दा समाधान, कालोबजारी नियन्त्रण आदीको अन्यौलता पनि लम्वीनु हो भन्ने निश्कर्ष काँग्रेस नेताहरुको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदले सरकार असफल भएकाले नयाँ सरकार गठनमा लाग्न नेतृत्वलाई दबाब एिका छन् । काँग्रेस केन्द्रीय सदस्य एवं सांसद मीन विश्वकर्माले अधिकांश सांसदले सरकारको कमजोर कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकार फेर्नेसम्मको विषय उठाएको जानकारी दिए । 
 
यद्यपी कांग्रेस सभापति एवं संसदीय दलका नेता देउवाले भने अहिले सम्म पनि काँग्रेस सरकार परिवर्तनको पक्षमा नहरेको र बलियो प्रतिपक्षीको भूमिकामा बस्ने बताइरहेका छन् ।  
मंगलबारदेखि सुरु हुने व्यवस्थापिका संसद् अधिवेशनका क्रममा सबैभन्दा ठूलो दलको नाताले कांग्रेसले सरकारको विकल्प खोज्नतिर कसरत गर्ने नेताहरुले तयारी गरेका छन् । प्रचण्डको नेतृत्वमै भएपनि नयाँ सरकार बनाउनेगरी अभियान तिव्र पार्ने आन्तरिक रणनिति तयार भईसकेको काँग्रेसका एक नेताले हाम्रा कुरालाई बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ