arrow

नाकाबन्दी मानवता विरुद्धको गम्भिर अपराध : पहाडी

logo
प्रकाशित २०७३ वैशाख २१ मंगलबार
pahadi-rukum.jpg.jpeg
रुकुम। नागरिक अगुवा तथा मानव अधिकारवादी नेता कृष्ण पहाडीले जुनसुकै माग राखेर गरिने नाकाबन्दी मानवता बिरुद्धको गम्भिर अपराध भएको जिकिर गरेका छन। माग जायज नै भएपनी त्यो आन्दोलन नाकाबन्दीको हदसम्म जान्छ भने मानवता विरुद्धको गम्भिर अपराधा हुने बताएका हुन। 
मानव अधिकार तथा शान्ति समाजद्धवारा  देशव्यापी रुपमा जारी स्वाभिमा अभियान अन्र्तगत सोमबार सदरमुकाम मुसिकोट खलंगामा आयोजित जागरणसभामा बोल्दै पहाडीले राजनितिमा हिंसा र घृणाले प्रश्रय पाईरहेकोले दलहरुले बिवेकले निर्णय गर्नुपर्नेमा जोड दिए। आणबिक हतियार र अश्त्रको बिकाशले विश्वमा सन्त्रास फैलिरहेकोले राजनैतिक दलहरु आवेगबाट नभएर बिवेकबाट चल्नुपर्नेमा जोड दिए।
 
मुलुकका प्रमुख राजनैतिक शक्तिहरु विदेशाहिन बन्दै गईरहेकोले पुन. जनताले खबरादरी गर्नुपर्नेवेला आएको उनले बताए। संविधानमा असहमति राख्ने नाममा मद्येशका समस्या देखाएर गरिएको नाकाबन्दीले नेपाली समाजमा घृणा र द्धेष बढाएको भन्दै समस्या समाधान गर्नेतर्फ गम्भिर भएर लाग्न प्रधानमन्त्री के.पी ओलीले अग्रसरता लिनुपर्ने र राज्य सञ्चालकका अभिव्यक्ति घृणा र उत्तेजना फैलाउने किसिमका नभई समस्या सुल्झाउने तर्फ सोच्न आग्रह समेत गरे।
 
समाजले मंगलवार सुर्खेतको विरेन्द्र नगरमा सभा गर्ने साथै अभियान देशका सबै जिल्लाहरुमा सञ्चालन गरिने समाजकी कोषाध्यक्ष पौडेलले जानकारी दिइन। अभियानमा समाजका महासचिव उत्तम पुडासैनी,युबा कवी सुदेश सत्याल लगायत सहभागी छन। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ