arrow

कोरोनाको उपचारमा कुनै कसर बाँकी नराख्नू –मूख्यमन्त्री राउत

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ जेठ ४ आइतबार
Lalbabu-raut-cheif-minister.jpg

वीरगञ्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस महामारीबाट प्रभावित वीरगञ्जको शनिबार अनुमगन गरेका छन् ।  

वीरगंजमा कोरोना महामारीले उग्ररुप लिन थालेको बेलामा मुख्यमन्त्री राउतले पर्साको समग्र अवस्था र सरकारले गर्नु पर्ने कामबारे सरोकारवालाहरुसंग सल्लाह लिएका हुन् । 

साथै मुख्यमन्त्री राउतले कोरोना संक्रमितको उपचारका लागि कुनै कसर बाँकी नराख्न सरोकारवालाहरुलाई निर्देशन समेत दिए।

मुख्यमन्त्री राउतले आइसोलेसन तथा क्वाइरेन्टाइनमा देखिएका समस्याहरु, आगामी दिनमा थपिन सक्ने संक्रमितको उपचारको तैयारी, विदेशमा रहेका नागरिकहरुलाई फिर्ता ल्याउनु पर्ने अवस्थाको लागि गर्नु पर्ने तयारीहरुबारे छलफल समेत गरेका हुन् ।
 
सरकारले हालै सबै जिल्लामा क्वारेन्टाइन स्थापना गर्नेबारे गरेको निर्णय कार्यान्वयनको लागि सम्भावित स्थलको पहिचान तथा स्थानीय राजनीतिक दल एवं सरोकारवालाहरु संगको समन्वय र सहकार्य लाई निरन्तरता दिन समेत निर्देशन दिए ।

छलफलमा वीरगञ्ज महानगरपालिका  नगरप्रमुख विजय सरावगी, सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्की, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्याय, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गगां पन्त, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष  दीपेन्द्र चौहान लगाएतको सहभागीता रहेको थियो ।

सो अवसरमा मुख्यमन्त्री राउतले पर्साको पोखरिया अस्पताललाई एम्बुलेन्स खरिदको लागि ३१ लाख २५ हजारको चेक समेत हस्तान्तरण गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ