arrow

भारतले ३० हजार पीसीआर टेस्टीङ कीट दियो नेपाललाई

आफ्नै देश संकटमा पर्दा पनि सहयोग गरेकोमा भारतको गरे मन्त्रीले सह्राना

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार
indian-ambassdor-health-min.gif

काठमाडौं। भारतले नेपाललाई कोरोना परिक्षणका लागि ३० हजार पीसीआर टेस्टीङ कीट उपहारस्वरुप  उपलव्ध गराएको छ।

नेपालका लागि भारतीय राजदुत  विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमै पुगी पीसीआर टेस्टीङ कीट उपलव्ध गराएका हुन्। 

केहि दिनदेखि सार्वजनिक रुपमा नदेखिएका मन्त्री ढकाल कीट बुझ्ने कार्यक्रममा मन्त्रालयमा आएका थिए। 

भारत सरकारको तर्फबाट उपलव्ध गराइएका प्याथोडिटेक्ट कोभीड १९ क्वालिटेटीभ आरटी पीसीआर टेस्ट कीट भारतको पुनेस्थित माइ ल्याबले उत्पादन गरेको हो। 

पीसीआर टेस्टीङ कीटको अभाव भइरहेको बेला भारतले उपलव्ध गराएको कीटले परिक्षणमा धेरै सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

पीसीआर कीट बुझ्दै मन्त्री ढकालले आफ्नै देशमा समेत संकट रहेको बेलामा पनि सहयोगी हात बढाएकोमा राजदुत क्वात्रा र भारत सरकारलाई धन्यवाद दिएका थिए। 

पीसीआर कीटको अभावमा अहिले पनि भारतबाट आएका कैयनको परिक्षण हुन पाएको छैन भने कतिपयलाई  विना परिक्षण नै क्वारेन्टाइनबाट घर फर्काइएको छ। भारतले उपलव्ध गराएको कीटले ३० हजारको कोरोना परिक्षण हुने छ।  

भारतका विभिन्न कम्पनीले अहिले दैनिक दुई लाख कीट पीसीआर कीट बनाइरहेको बताइन्छ। 

भारतले यस अघी वैशाख १० गते पनि नेपाललाई २३ टन अत्यावश्यक औषधी हस्तान्तरण गरिसकेको छ। २०७६ चैत्र २ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेसँगै यो पहलकदमी सुरुवात भएको भारतीय दुतावासले जनाएको छ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ