arrow

राष्ट्रपति भण्डारीबाट २६ गते संसदमा सम्बोधन गर्ने

logo
प्रकाशित २०७३ वैशाख २० सोमबार
vidya-bhandari-bidya.jpg.jpeg
काठमाडौँ। व्यवस्थापिका–संसद सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भोलिदेखि चालु हुने संसद्को दोस्रो अधिवेशनलाई यही वैशाख २६ गते सम्बोधन गर्ने गरी तयारी गरेको छ।
 
नेपालको संविधानमा नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले प्रस्तुत गर्नुहुने व्यवस्था रहेको छ। राष्ट्रपतिबाट संसदको अधिवेशनलाई वैशाख २६ गते सम्बोधन हुने गरी तयारी भएको संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए।
त्यस्तै यही वैशाख २२ र २३ गते भूकम्पपछिको पुनःनिर्माण र देशका विभिन्न स्थानमा भएका आगलागीलगायतका सार्वजनिक महत्वको विषयमा छलफल हुनेछ।
 
प्रवक्ता डा गौतमका अनुसार वैशाख २४ र २५ गते प्रि–बजेटमाथि छलफल हुनेछ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ