arrow

कांग्रेस संसदीय दलको बैठक : सरकारको खरो आलोचना

logo
प्रकाशित २०७३ वैशाख २१ मंगलबार
nc-flag.jpg.jpeg
काठमाडौं । कांग्रेस संसदीय दलको बैठक आज पनि बसेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा बसेको बैठकमा समसामयिक राजनीतिक विषयमा कुरा भइरहेको कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले जानकारी दिए । बैठक सोमबारबाट सुरु भएको हो । 
 
बैठकमा सांसदहरुले सकारको काम कारबाहीको चर्को आलोचना गरेका छन् । कतिपयले सरकारको विकल्प खोज्नु पर्ने समेत बताएका छन् । यद्यपि, नेता ढुंगानाले देशको समसामयिक परिस्थति, अभाव, कालोबजारी र पुनःनिर्माण लगायतका विषयमा छलफल भएको बताए । सरकारको खरो आलोचना भइरहेको सांसद नीन बहादुर विश्वकर्माले बताए । 
 
सरकारका कामकारबाहीप्रति असन्तुष्ट कांग्रेसभित्र सरकारको विकल्प खोज्नुपर्ने आवाज उठिरहेका बेला सांसदहरुको हस्ताक्षर संकलन समेत सुरु भएको छ । यद्यपि, नेताहरूले सरकारविरुद्ध अविश्वास प्रस्ताव निम्ति नभई ‘स्थगन प्रस्ताव’ ल्याउने विषयमा हस्ताक्षर संकलन भएको बताएका छन् ।
 
संसदीय अभ्यासमा ‘स्थगन प्रस्ताव’ भन्नाले सत्तापक्षले विपक्षीको माग बेवास्ता गरी संसदमा आफू खुसी कार्यसूची अघि बढाए त्यसविरुद्ध राखिने प्रस्ताव हो ।कांग्रेसका अधिकांश नेताहरुले तत्काल कांग्रेसलाई सरकारमा जाने हतारो नरहेको बताउँदै आए पनि हस्ताक्षर संकलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ