arrow

यत्रो संघर्ष गरियो तर आफ्नो न्यायाधीश राख्न सकिएन : प्रचण्ड

logo
प्रकाशित २०७३ वैशाख २१ मंगलबार
dahal-new-photo.jpg.jpeg
काठमाडौं । एमाओवादी अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहालले आफुहरु सरकारमै भएर पनि पेलिएको बताएका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा बसको संसदीय दलको बैठकमा दाहालले आफुहरु सरकारमै भएरपनि द्वन्द्वकालिन मुद्दाबारे खास उपलब्धि नभएको बताए । 
 
गम्भीर हुँदै दाहालले भने, ‘ओखलढुंगा हत्याबारे सर्वोच्चले गरेको निर्णयबाटै हामी अफ्ठ्यारोमा परेको प्रस्ट भएको छ, यो निकै सम्वेदनशील विषय हो ।’ यसबारे हामीले वर्तमान सरकार हुँदै केही न केही गर्न सक्नु पर्छ । बारम्बार हामीले प्रधानमन्त्रीलाई भेटेर कुरा गरेका छौं, दाहालले थपे, ‘उहाँले पनि शान्ति सम्झौताको मर्म अनुसार नै काम हुन्छ, नआँत्तिनुस् भन्नु भा छ ।’ पहिले ६ महिनाभित्र टिआरसी गर्ने कुरा थियो । यो प्रक्रिया लम्बिएको छ । अहिले धमाधम उजुरी दर्ता भइरहेका छन् । 
 
बैठकमा सहभागि एक सांसदका अनुसार दाहालले भनेका छन्,–केही गरी अदालतले नै सबै मुद्दाको फैसला गर्ने भन्ने निर्णय स्थापित भयो भने हामी निकै अफ्ठ्यारोमा पर्नेछौं । दाहालले सांसदहरुमाझ गम्भीरताका साथ भने, ‘हाम्रो लागि सत्य निरुपणको विषय गम्भीर बनेर आएको छ, यत्रो संघर्ष गरियो सर्वोच्चमा एउटा पनि  आफ्नो न्यायाधीश राख्न सकिएन ।’ भोली धेरै अफ्यारो स्थिति आउन सक्छ । 
 
दाहालले आफुले महान्याधीवक्ता, प्रधानमन्त्री राखेर समेत छलफल गरेको सुनाए । २ घण्टा लामो कुरा कानी भएको जानकारी दिँदै दाहालले शान्ति प्रक्रियालाई तपाईहरुले पुरा गर्नु हुन्छ कि हुँदैन भनेर सोधेको छु – भने । यद्यपि, केही फैसला शान्ति प्रक्रिया प्रारम्भ हुँदाका बखत भएका प्रतिवद्धता विपरीत देखिए । 
 
आफुहरुलाई पछार्न एमाले समेत सक्रिय रुपमा लागेको देखिएको आरोप लगाउँदै दाहालले कुन् मुद्दा फिर्ता लिने, कुन राष्ट्रपतिले माफि गर्ने र कुन खारेज गर्ने भन्नेबारे एमालेले तदारुकता देखाएको छैन भनेका छन् ।  अहिले मुद्दा हाल्ने क्रमले सवैतिर आतंक छ । दाहालले भने,  ‘तपाईहरु गम्भीर हुनु भएन भन्ने सम्म पनि मैले प्रधानमन्त्रीलाई गएर भनेको छु ।’ साम्राज्यवादीहरु हामीहरुको पछि जोडतोडका साथ लागेका छन् । शान्ति प्रक्रिया भङ्ग गर्ने ठूलो चलखेल भइरहेको भन्दै दाहाल डराएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ