जम्मु–काश्मिर : पाँच चिकित्सकमा कोरोना संक्रमण पुष्टि
प्रकाशित २०७७ जेठ ५ सोमबार
810
Shares
श्रीनगर । जम्मु–काश्मिरमा सोमबार पाँच चिकित्सकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
संक्रमित पाँच चिकित्सकमध्ये चार जनाले कोभिड–१९ का एक विरामीलाई उपचार सेवा दिने क्रममा संक्रमण भएको स्थानीय अस्पताल स्रोतले बताएको छ ।
छाती रोग अस्पतालका प्रमुख चिकित्सक नवीद शाहले चिकित्सकहरूमा संक्रमण भएको पुष्टि गर्दै भने, “सोमबार प्राप्त रिपोर्टमा पाँच चिकित्सकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये चार जनाले कोभिड–१९ बाट संक्रमण भएका एक विरामीको उपचारमा खटिएका थिए ।”
संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयका अनुसार जम्मु–काश्मिरमा सोमबारसम्म एक हजार १८३ जना संक्रमित रहेका छन् भने संक्रमितमध्ये १३ जनाको मृत्यु भएको छ ।
–––