arrow

बर्दिया निकुञ्जको रेस्क्यू टोली असफल, फेरी पनि चितुवाको आक्रमण

एक को मृत्यु, ३ घाइते

logo
प्रकाश बम,
प्रकाशित २०७३ वैशाख २१ मंगलबार
chituwa-new,,.jpg.jpeg
डोटी । बर्दिया राष्ट्रिय निकुञ्जबाट रेस्क्यूका लागि डोटी आएको टोलीले चितुवालाई पक्रन नसकेपछि सोमबार फिर्ता भएको छ । पहाडी जिल्लामा समात्न सम्भव नहुने भएपछि शुक्रबार आएको टोली सोमबार गएको इलाका प्रहरीकार्यालय दिपायलका प्रमुख भीम बहादु मल्लले जानकारी दिए ।
 
तीन जनाको टोलीले विभिन्न तरीका अपनाउँदा समेत सिप नलागेपछि आफुहरुलाई बोलाएको भन्दै उनीहरु हिंडेको जनाइएको छ । सोमबार मात्रै फेरी एक महिला चितुवाको आक्रमणमा परेकी छन् । तल्लो घरबाट माथिल्लो घरजाने क्रममा अमरकोट भन्ने स्थानमा कपल्लेकी–७ की ५६ वर्षीया अमृता बोगटीलाई चितुवाले आक्रमण गरेको हो । 
 
बाटोमा खोल्सा परेको र सोही खोल्सामा चितुवा लुकेर बसेकाले आक्रमण गरेको र पछाडीबाट स्थायले हो–हल्ला गरेपछि बाँच्न सफल भएको उनले बताइन् । आक्रमण गर्दा उनको दाहिने खुट्टामा चोट लागेको ईलाका प्रहरी कार्यलयका प्रमुख मल्लले बताए । यसअघि, पनि नजिकै रहेको कुलपातेमा चितुवाकै आक्रमणबाट एकजना भारतीय नागरिकको मृत्यु भएको थियो । दुई महिला चितुवाको आक्रमणबाट घाइते भएका थिए । यी चार वटै घटनामा संलग्न एकै चितुवा रहेको स्थानीयको शंका छ । 
 
यसरी दिन दाहडै चितुवाले मानिस र घरपालुवा जनवारलाई आक्रमण गर्दा स्थानीय त्रसित भएका छन् । पछिल्लो केहि दिन यता प्रहरीले रातभर सो स्थानमा गस्ति समेत गर्ने गरेको मल्लले बताए । यस विषयमा प्रमुख जिल्ला अधिकारी केशव प्रसाद आचार्यलाई सोध्दा म बाहिर गएको थिए, जिल्ला वन कार्यालयका प्रमुख लगाएत सबै सँग सल्लाह गरेर मात्र जानकारी दिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ