arrow

बालकको शव नदीमा, एक अझै बेपत्ता 

logo
रामचन्द्र रायमाझी, 
प्रकाशित २०७७ जेठ ८ बिहिबार
drowning.jpg

पाल्पा । नदीमा वेपत्ता बालकको शव भेटिएको छ । गत आईतबार कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २ बालकमध्ये १ बालकको शव भेटिएको हो । 

जिल्लाको रामपुर नगरपालिका १० मलौटे घाटबाट बेपत्ता भएकामध्ये रामपुर १० सिकोडाँडाका रेशम भट्टराईको छोरा १० वर्षिय सुनिल भट्टराईको शव चापाकोट नगरपालिका ७ वनकट्टा स्याङ्जामा शव फेला परेको हो । 

बुधबार नदीले किनारामा ल्याएर राखेको अवस्थामा माछा मार्न गएका स्थानीयहरुले शव देखेका थिए । त्यस पश्चात् प्रहरीलाई खबर गरेपछि उनका आफन्तहरु पनि नदी किनारमा पुगेका थिए । 

उनको शव छ्दविछेद अवस्थामा रहेको र आफन्तले हातको औला मार्फत पहिचान गरेको इलाका प्रहरी कार्यालय रत्नपुरका प्रहरी निरीक्षक केदार पन्तले बताए । 

अर्का १० वर्षिय बालक समीर चापागाई अझै पनि बेपत्ता छन् । उनको पनि खोजी भैरहेको छ । आईतबार दिउँसो सुनिल र समीर सहित ५ बालकहरु दिउँसो १ बजे नदीमा पौडी खेल्न गएका थिए । पौडीने क्रममा दुवै जना वेपत्ता भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ