- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु। कपिलवस्तुमा कोभिड १९का थप ८ जना पोजेटिभ पुष्टि भएका छन्। पुष्टी भएकाहरुमा वाडगंगा नगरपालिका वाड न ८ का बर्ष २५ पुरुष १ जना, वाड न ३ बर्ष १९ का पुरुष १ , वाड न ११ बर्ष ४२ पुरुष १ जना, वाड न ५ को बर्ष ४० का पुरुष १, वाड न १० का बर्ष ३५ का पुरुष १ र वाड न ६ का बर्ष २७ को महिला १ जना छन्।
बुद्धभुमी नगरपालिका वाड न ४ का बर्ष १७ को महिला १ र बर्ष २२ को पुरुष १ जना छन् । उनिहरुको नमुना जेष्ठ ४ र ५ गते वाडगङ्गा नगरपालिका सिद्दार्थ क्याम्पस बुन्चीबाट संकलन गरिएको थियो ।
शनिवार पहिचान भएका संक्रमित मध्ये वाणगंगा नगरपालिकाको एकजना वडाध्यक्ष र एक महिला पत्रकार पनि रहेकी छिन्। कपिलवस्तुमा संक्रमित पत्रकारको संख्या तीन जना भएको छ। शुक्रवार दुई पत्रकार संक्रमित भएका थिए।
उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ७७ पुगेको छ ।