आइतवार ४ बजेसम्म कोरोना संक्रमित १९ थपिए, पुग्यो ६०३
प्रकाशित २०७७ जेठ ११ आइतबार
854
Shares
काठमाडौं । आइतवार अपरान्ह ४ वजेसम्म थप १९ जनामा कोरोनाभाइरस संक्रमण देखिएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६०३ पुगेको छ । संक्रमितमा पुरुष ५२४ र महिला ७९ छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले १९ जना कोरोना संक्रमित थपिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
संक्रमित १९ मध्ये मोरङका १ जना, बाराका १ जना, पर्साका ३ जना, रौतहटका कलैया बस्ने १ जना, सर्लाहीका १ जना, रुपन्देहीका ६ जना, काठमाडौंका १ जना, नुवाकोटका १ जना, कपिलवस्तुका ३ जना र गुल्मीका १ जना विरामी भएका छन्
कोरोना संक्रमित भएको जिल्ला नुवाकोट थपिएसँगै ४२ जिल्लामा संक्रमण पुगेको छ।
आइतवार ७ जना नारायणी अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमण पुष्टि भएका ८७ जना निको भएका छन् भने ३ जनाको मृत्यु समेत भएको छ ।