घर आइ पुग्ने वित्तिकै देखियो कोरोना, दैलेखमा संक्रमित ६ पुगे
नवीन कुमार शर्मा,
प्रकाशित २०७७ जेठ ११ आइतबार
499
Shares
दैलेख। कर्णाली प्रदेशको पहिलो कोरोना संक्रमित फेला परेको दैलेख जिल्लामा आइतबार थप पाँच जनामा कोरोना संक्रमित फेला परेका छन्।
कर्णाली प्रदेश प्रयोगशालामा कोरोना पोजेटिभ देखिएपछि नेपालगञ्ज पठाएर पाँचै जनाको पुनःपरीक्षण भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रीता भण्डारीले जानकारी दिइन।
सदरमुकाम नारायण नगरपालिका–३ का १५ वर्षीय र नारायण नगरपालिका–६ का १६ वर्षीय किशोर, त्यसैगरी डुङ्गेश्वर गाउँपालिका–१ का २९ वर्षीय एक पुरुषसंगै २७ वर्षीया उनकी श्रीमती र सोही वडाका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै कर्मथलो भारतबाट जन्मथलो नेपाल आएका हुन् ।
संक्रमण पुष्टि भएका पाँचै जनालाई सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको कोरोना आइसुलेसन वार्डमा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए। उनीहरुको भारतबाट घर फर्किने बित्तिकै पिसीआर टेस्ट गरिउको थियो।
पुष्टि भएका समेत दैलेखमा कोरोना संक्रमितहरुको संख्या ६ पुगेको छ ।