arrow

अख्तियारले संचारमन्त्रालयलाई पत्र काट्यो

logo
प्रकाशित २०७३ वैशाख २२ बुधबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रेस काउन्सिलमा गरिएको नियुक्तिमा चासो देखाएको छ । आयोगले आज एक विज्ञप्ति प्रकाशित गरी सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको काउन्सिलको सदस्यमा हालै गरेको नियुक्ति आयोगको गत वैशाख १५ गतेको निर्णयको प्रतिकूल देखिएकाले चासो देखाएको जनाएको छ । 
 
आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार आयोगको पूर्वनिर्णयको प्रतिकूल देखिएकाले सूचना तथा सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै आज पत्र पठाइएको छ ।  उनले आयोगको ऐन, २०४८ को दफा २८ बमोजिम पत्र पठाइएको उल्लेख गरे ।  आयोगले सरकारी निकायअन्तर्गत नियुक्ति गर्दा मन्त्रिपरिषद्बाट गर्न निर्देशन दिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ