मृतकको गाउँ उम्जन सील, चौधरी परिवार ठूलो भएका कारण होम क्वारेन्टिनमै रहने
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ जेठ १२ सोमबार
661
Shares
पर्सा। कोरोनाको शंकामा अस्पतालमा भर्ना गरिएका विरामीको स्वाबको रिपोर्ट आउनु अघी नै अन्तिम संस्कारका लागि शब दिने नेशनल मेडिकल कलेज तथा अस्पतालको आकस्मिक कक्ष र आइसीयू प्रशासनले बन्द गराएको छ।
विपद व्यवस्थापन समितिको वैठक पछि विरामीको कन्ट्याक्ट ट्रेसिङ भएको सबै ठाउँमा कोरोना अस्पतालबाट स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पुगेका थिए। समितिले रिपोर्ट नआइ शब अन्तिम संस्कारका लागि दिने अस्पताललाई कार्वाहीको लागि स्वाास्थ्य मन्त्रालयलाई सिफारिस समेत गरेको छ। अस्पतालले विश्वस्वास्थ्य संगठनको प्रोटोकल समेत तोडेको थियो।
टोलीले नेशनल अस्पतालको आइसीयू र आकस्मिक कक्षमा रहेका ५० जना स्वास्थ्यकर्मी र सफाइकर्मीलाई क्वारेन्टिनमा राख्ने गरि पहिचान गरेको छ। सम्भवत आजैबाट उनीहरुलाई क्वारेन्टिन गरि पीसीआर टेस्ट हुनेछ।
७० बर्षि विरामी उपचारमा संलग्न अस्पतालका संचालक बसरुद्धिन अन्सारीकी छोरी केहि दिनदेखि अस्पतालमै क्वारेन्टीनमै छिन। उनी इदमा समेत घरमा नभएको बताइएको छ।
पर्सा प्रहरी प्रमुख गंगा पन्तले थप जानकारी लिन अस्पतालका एक मेडिकल अधिकृतलाई जिल्ला प्रहरी कार्यालय बोलाएकी छिन्।
७० बर्षिय मृतक चौधरीको बारा जिल्लाको करैया गाउँपालिकाको उम्जन गाउँ सील गरिएको छ। अन्तिम संस्कारमा संलग्न भएका परिवारका सबैलाई रान सक्ने क्वारेन्टिन नभएका कारण सो उम्जन गाउँलाई नै सील गरि उनीफहरुलाई होम क्वारेन्टिन राखिने भएको छ। सो ठाउँमा सुरक्षाकर्मी परिचालन भइसकेको छ। चौधरीको सो अस्पतालमा जेठ २ गते भर्ना भइ उपचारकै क्रममा ४ गते निधन भएको थियो।