गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाको छैटौँ पटक निरंतर निःशुल्क खाद्यान्न वितरण
प्रकाशित २०७७ जेठ १३ मंगलबार
479
Shares
न्यूयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ्य र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निःशुल्क खाद्यान्न वितरण कार्यक्रम सोमबार छैटौँ पटक भव्यताका साथ सम्पन्न गरेको छ।
अमेरिकी डेमोक्र्याटिक पार्टीका भाइस चेयर एवम् न्युयोर्क राज्यका एसेम्ब्लीमेम्बर माईकल ब्लेकसँग सहकार्य गरी निःशुल्क वितरण गरिएको हो । उनले यसै फाउण्डेशनलाई २०० प्याकेट को तयारी खाना फाउण्डेशनकै कार्यालय अगाडि डेलीभरि गराइ सहयोग स्वरुप प्रदान गरेका थिए ।
सोमबारै विभिन्न सघंसंस्थाका प्रतिनिधिहरु मार्फत वितरण गरिएको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिए । फाउण्डेशनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर खट्ने स्वयंसेवकहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा र केन्द्रीय सदस्य सूर्य सिंखडा थिए ।
दिउँसो २ बजे वितरण कार्यक्रम फाउण्डेशनको कार्यालय अगाडि सम्पन्न भएको थियो । उक्त कार्यक्रममा फाउण्डेशनका मानार्थ सदस्य मोहम्मद रशिद, क्वीन्स बोरो कम्युनिटीजका अध्यक्ष शाहनवाज, नेका महाअधिवेशन प्रतिनिधि प्रमोद सिटौला, नेपाल तरुण दल अमेरिका का उपाध्यक्ष अनन्तराज सुवेदी, न्यूयोर्क हिसपानिक संस्थाका लुईस गोन्जालेस, एसोसिएसन अफ अमेरिकन फिलिपीनो संस्थाकी मे रुथको पनि उपस्थिति रहेको थियो ।
वितरणकै क्रममा घ्याल्सुम्दो सेवा संस्था अमेरिकालाई ९६ प्याकेट खाना निवर्तमान अध्यक्ष छिरिङ्ग राप्के लामा मार्फत र ३५ प्याकेट खाना युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई मार्फत हस्तान्तरण गरियो ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका डेमोक्र्याटिक पार्टी अमेरिकाका भाइस चेयर एवम् न्यूयोर्क राज्यका एसेम्ब्लीमेम्बर माईकल ब्लेकलाई धन्यवाद एवम् हार्दिक आधार प्रकट गरेको छ ।