arrow

ओलीले यसरी गरे भारतको सेवा

logo
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
kp-oli-narendra-modi.jpg.jpeg
काठमाडौं । भारतमा अहिले नरेन्द्र मोदी नेतृत्वको सरकार र पुरानो संस्थापन पक्षका विचमा चर्को विवाद रहेको छ । भारतको स्थाई संयन्त्रमा अधिकाँश ठाउमा पुरानो संस्थापनका अधिकारीहरु रहेका छन् । उनीहरुले मोदीलाई जसरी हुन्छ असफल पार्न चाहिरहेका छन् । मोदीलाई असफल बनाउने पुरानो संस्थापन पक्षको त्यो योजनालाई नेपालको ओली सरकारले सहयोग गरिरहेको एक नेताले बताएका छन् । 
 
प्रधानमन्त्री ओलीले मोदीलाई असहयोग गरेर नेपालमा भारतविरोधी र राष्ट्रवादी देखाएपनि उनले पुरानो संस्थापन पक्षको भने सेवा गरिरहेको विश्लेषण हुन थालेको छ । पहिला पहिला एमालेमा सवै भन्दा बढी भारत निकट मानिने ओली अहिले भारत विरोधी देखिनुको मुख्य कारण उनले पुरानो संस्थपन पक्षसंगको संवन्धको निरन्तरता नै हो भन्छन् विश्लेषकहरु । 
 
ओलीले पुरानो संस्थापनलाई सहयोग गरिरहेकाले मोदीसंगको संवन्ध विग्रिएको र त्यसको परिणम स्वरुप मोदीले ओलीका विरुद्धमा नाकाबन्दी गराएको एमाओवादीका नेता गोपाल किराँतीको भनाई छ । मोदीका विरुद्ध भारतीय पुरानो संस्थापन पक्षलाई ओलीले सहयोग गरेकै कारण नेपालीले अनाहकमा नाकाबन्द झेल्नु परेको र दुई देश विचको संवन्ध विग्रिएको उनको दावी छ । 
 
एमाओवादीका प्रभावशाली नेता किराँतीले भने “ ओलीले भारतीय पुरानो संस्थापन पक्षको सेवा गर्दा ओली र मोदीको झगडा भयो, त्यसको असर नेपाली जनताले भोग्नु पर्यो ।” 
 
“भारतको आफ्नो सहयोगी पक्षको सेवा गर्दा दुई देश विचको संवन्ध ओलीले भत्काए,” किरातीले भने, “पुरानो संस्थापनसंग आफ्नो संवन्ध सुधारे तर दुई देश विचमा भने झगडा गराए । ओलीको यो नितान्त व्यक्तिगत स्वार्थमा केन्द्रीत भुमीका भयो । ”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ