arrow

एमाओवादीको कदम यस कारण स्वभाविक

logo
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
dahal-naya-pic.jpg.jpeg
काठमाडौं । सवै भन्दा ठुलो दल नेपाली काँग्रेसले तेस्रो ठुलो दल एमाओवादीलाई सरकारको नेतृत्वकालागि प्रस्ताव गरेपछि मुलुकको राजनिति अहिले उथलपुथल भएको छ । संभवत ः केहीदिनमा काँग्रेस, एमाओवादी र मधेशी मोर्चा सहितको नयाँ सरकार बन्ने भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु प्रधानमन्त्री बन्ने संभावना बलियो भएपछि सरकारबाट फिर्ता हुने निर्णय गर्नुलाई एमाले निकटले अनेक आरोप लगाएका छन् भने अधिकाँशले स्वभाविक मानेका छन् । 
 
’अहिलेका गठबन्धन टुटाउनु हुँदैन’ भन्ने पक्षमा रहेका एकजना एमाओवादी नेतासँग हिजो राती अध्यक्ष दाहालले भनेछन्, ’तपाईं नै भन्नूस् न कमरेड मन्त्री र प्रधानमन्त्रीमध्ये रोज्नुपर्यो भने तपाईं कुन रोज्नुहुन्छ ?’ अनि उनले अध्यक्षको कुरामा सहमती जनाउदै जवाफ दिए छन्, “प्रधानमन्त्री पाएपछि मन्त्री छाडेर हिड्के कुरा त स्वभाविक हुन्छ नी कमरेड । ”
 
एमाओवादीको यति स्वभाविक निर्णयलाई लिएर अहिले उनका विरुद्धमा लगाईएको आरोप पुर्वाग्रही भएको धेरैको भनाई छ । काँग्रेसले समर्थन गरेको अवस्थामा प्रधानमन्त्री बन्न प्रचण्ड भारतको आज्ञाकारी बन्नु पर्दैपर्दैन । यो मुलुक भित्रकै मिलेमतोले पुरा हुन्छ, त्यसका लागि भारतको सहयोग लिईरहनु नपर्ने भएपनि एमाले निकटकाले भने यसलाई भारतद्धारा परिचालित भएको भनेका छन् । प्रचण्ड भारतको जालमा फसेको र राष्ट्रियता पक्षधरलाई असहयोग गरेको एमाले नेताहरुको आरोप छ । 
 
यसै प्रशंगमा पत्रकार प्रकाश डुम्रे फेसफुकमा लेख्छन् “केपी प्रधानमन्त्री बन्दाको दिन प्रचण्डलाई एक साहसिक र कुटिल बामपन्थी नेता, नेताहरुको पनि नेताको संज्ञा दिने एमालेजनहरु आज केपी सरकार धरापमा पर्ने बितिकै प्रचण्ड यस्तो उस्तो भनेर रुवाबासी गर्दैछन । कुरा यति हो यो संसदीय फोहोरी खेलमा सरकार फेरबदल कुनै नौलो कुरा होईन बरु कुरा यो हो सरकार फेरिएपछि देश लुटन नपाउनेहरुको रुवाबासी र लुट्न पाउनेहरुको खुशियाली बरु अच्चमको लाग्यो । ”
 
एमाओवादीले नयाँ सरकार बनाउन लाग्नुको एउटा कारण आफु प्रधानमन्त्री हुने अवस्था आउनु हो भने अर्को कारण अहिलेको सरकारसंगको सहकार्यमा भईरहेको कठिनाई हो । 
 
गएराती भएको एमाओवादीको बैठकमा एमाओवादी नेता तथा कृषि विकास मन्त्री हरिवोल गजुरेलले सरकारमा भएर पनि आफुहरुले स्वतन्त्रतापुर्वक काम गर्न नपाएको भन्दै निकै आक्रोश व्यक्त गरेका थिए । उनले आफुले सम्हालेको मन्त्रालय मातहतका अधिकाँश कार्यालयमा प्रधानमन्त्री कार्यालयबाट ठाडो पत्र पठाएर काम गर्न नदिईएको बताए । 
 
एमाओवादीका अर्का नेता गोपाल किराँतीको भनाईमा एमालेले अन्य सत्ता साझेदार दलहरुलाई आफ्नो जनवर्गिय संगठन जस्तो बनाउन खोज्यो । उनले भने “ ओलीले तिन करोडको भोज लगाए, कालोबजारीको नाईके भए, पुर्ननिर्माण प्राधिकरणमा क्षमतावान भन्दा आफ्नो खल्तीको मानिस नियुक्त गरेर काम गर्न सकेनन्, ९ महिनामा १४ प्रतिशत मात्रै बजेट खर्च भयो, यस्तो अवस्थामा हामी रमिते भएर बस्न किमार्थ सकिदैन । जनताले हामीलाई  पनि दोषीदेखेर गाली गर्न थाल्ने छन् ।”
 
एमाओवादीले प्रधानमन्त्री के पी ओलीलाई दिएर समर्थन फिर्ता लिन लागेकाले उनी विरुद्ध आवश्यक सांसदहरुको संख्या पुर्याएर अविश्वासको प्रस्ताव आजै दर्ता गर्ने तयारी भईरहेको एमाओवादीकै अर्का एक नेताले बताए । एमाओवादी, काँग्रेस र मधेशी मोर्चा मिल्ना साथ ओलीलाई ढलाउन पर्याप्त संख्या पुग्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ