arrow

हिट्लर, मुसोलिनी र मोदी एउटै: अध्यक्ष बिजुक्छे

logo
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
narayanman-bijukchhe.jpg.jpeg
जुम्ला। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले हिट्लर, मुसोलिनी र मोदी एउटै भएको टिप्पणी गर्नुभएको छ । 
 
नेमकिपा कालीकोटको जिल्ला अधिवेशन उद्घाटनका लागि जुम्ला आइपुग्नुभएका अध्यक्ष बिजुक्छेले पत्रकार भेटघाटमा यस्तो बताउनुभएको हो । 
 
उहाँले भन्नुभयो, “भारतीय नाकाबन्दीका कारण देशले रु २७ खर्ब क्षति व्यहोर्नु प¥यो, भारत सरकार, भारतीय एकाधिकार पुँजीले नेपाललाई असर पार्दैछ र भारतको इसारामा नाच्ने ठूला दलका नेता खोक्रो राष्ट्रवादको नारा दिन्छन् ।” 
 
“भारतीय इसारामा अहिले नेपालमा रातारात सत्ता परिवर्तनको फोहोरी खेल सुरु भएको छ । तर जनतालाई नसोधेर जे गर्न चाह्यो त्यो छुट नेतामा छैन”, उहाँले थप्नुभयो । छ महिने सरकारले देशको अर्थतन्त्र उँभो नलाग्ने औँल्याउँदै अध्यक्ष बिजुक्छेले शासक घरीघरी फेर्ने प्रवृत्तीले जनताले फेरि दुःख पाउँदैछन् भन्नुभयो । 
 
विदेशीसंग झुक्दै गए झुक्ने ठाउँ नै नहुने र देश डुब्ने परिवेशमा पुग्ने तर्क गर्दै अध्यक्ष बिजुक्छेले जनताका प्रतिनिधिले देश विकासका लागि संसद्मै बोल्न आग्रह गर्नुभयो । 
 
कार्यक्रममा व्यवस्थापिका संसद सदस्य डिल्लीप्रसाद काफ्ले, नेमकिपाका केन्द्रीय सदस्यहरु जयबहादुर शाही, हरिसुन्दर वासी, सरोजराज गोसाईं, नेक्राविसंका अध्यक्ष निरज लवजु, नेक्राशिसंका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालको पनि सहभागिता रहेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ