arrow

लकडाउनले थलिएको कृषिमा अझ मलजल गर्दै बाँदर

logo
प्रकाशित २०७७ जेठ १४ बुधबार
monkey-corn.jpg

चिप्लेढुङ्गा । कोरोना भाइरसको संक्रमण फैलिन नदिन गएको चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । यो लकडाउनले नेपालको अर्थतन्त्र चौपट भएको छ । 

त्यसमाथि कृषि पनि अस्तव्यस्त भएको छ । गाउँगाउँमा संक्रमण फैलिएपछि आपसमा सामाजिक दूरी कायम गर्नुपर्दा कृषिमा एकता बन्न सकेको छैन । 

भएको उत्पादन बिक्री भएको छैन भने उत्पादन समेत पनि घटेको छ । 

भएको अन्न घरमा भित्रिन नसक्दा पनि समस्या भएको छ । त्यही बीचमा जंगली जनावरले दिन थालेको दुःखले किसानलाई अझ चिन्तित बनाएको छ । 

कास्कीको पोखरा–१९, लामाचौरमा बारीको मकै खानका लागि तयार भएको छ । तर त्यसलाई जोगाउने चिन्ता किसानमा परेको छ । 

किसानले लगाएको खेती बाँदरले खान थालेपछि किसान निराश हुन थालेका छन् । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ