arrow

‘प्रचण्डले खुट्टा छोडे, अडान फेरेर धोका दिए’

logo
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
prachanda.jpg.jpeg.jpeg
काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बोली फेरेका छन् । दाहालले  तत्काल आफ्नो नेतृत्वमा सरकार बनाउन सम्भव नभएको कांग्रेस नेताहरुलाई सुनाएका छन् । दाहालको निवास लाजिम्पाटमा नयाँ सरकार गठनबारे छलफल गर्न पुगेका कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, विमलेन्द्र नीधि र रमेश लेखक लगायतका नेताहरुसंग दाहालले प्रस्तावका लागि कांग्रेसलाई धन्यवाद भन्दै तत्काल आफ्नो नेतृत्वमा सरकार गठन हुन नसक्ने बताए ।  
 
दाहालले बोली फेरेसंगै कांग्रेसलाई धोका भएको छ । एमाओवादीले धोका दिएको हो ? बैठक बाट बाहिरिएका कांगे्रस केन्द्रीय सदस्य रमेश लेखकले भने, ‘त्यस्तै त्यस्तै देखियो, दाहालले खुट्टा टेक्न सकेनन् ।’ लेखकले लामो कुरा गरेनन् ।  कांग्रेस नेतालाई दाहालले साथीहरूलाई मनाउन नसकिएको र नयाँ सरकार गठन गर्न  नियमावलीमा समस्या देखिएको भन्दै आफ्नो नेतृत्वमा तत्काल नयाँ सरकार गठन गर्न नसकिने बताए ।
 
यद्यपि, कांग्रेस नेता बालकृष्ण खाँणले संसदबाट कुनै बाधा नभएको र नियमावलीमा समस्या नभएको बताए । उनले भने, ‘हामीले प्रस्ताव पठाएका हौं, उहाँहरुले अडान फेर्नु भो, एमाओवादी अध्यक्षले खुट्टा टेक्न सक्नु भएन ।’ दाहालले वुधबार मात्रै आफ्नो पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्न दलहरुलाई आह्वान गरेका थिए । 
 
एमाओवादी नेताहरुले आफ्नो पार्टीले कांग्रेसलाई धोका नदिएको र अझै पनि पार्टीले अन्तिम निर्णय लिइनसकेको सुनाएका छन् । नियमावलीमा रहेको त्रुटिका कारण अविश्वासको प्रस्ताव अगाडि बढाउँदा सत्तापक्षीय सांसदहरुले समेत रोष्ट्रम घेर्न सक्ने र दोहोरो झडपको स्थिति निम्तिने भन्दै दाहालले तत्काल सरकार गठनमा समस्या रहेको सुनाए । संसदमा विहिबार नयाँ नियमावलीका लागि तयार भएको प्रतिवेदन पेश हुने कार्यक्रम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ