arrow

६ दिनदेखि भोकै रहेका युवकको मृत्यु, प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गर्दै भित्रिए भारतमा फँसेका नेपाली

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ जेठ १४ बुधबार
dhanusha2.jpg

धनुषा । लामो समयदेखि लकडाउनका कारण भारतमा फँसेका नेपालीहरुलाई धनुषा प्रशासनले आफ्नो गृह जिल्ला ल्याउने क्रममा भोकले बुधबार एक जनाको मृत्यु भएको छ । 

धनुषा प्रहरीका अनुसार बुधबार धनुषाको जटही नाकाबाट धनुषावासीलाई आफ्नो जिल्ला ल्याउने क्रममा जटही नाकामा राखिएको क्वारेन्टाइन नजिकै एक नागरिकको भोकले मृत्यु भएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतक धनुषाको शहिदनगर नगरपालिकाका युवक रहेका छन् । भारतबाट हिँडदै आएका उनी विगत ६ दिनदेखि खाना खान पाएका थिएनन् । अत्यधिक भोकका कारण जटही नाकामा सुरक्षाकर्मीले उनलाई खाना खुवाएको तर केही बेरमा उल्टी गरेर उनको मृत्यु भएको थियो। 

बुधबार विहान करिब ३/४ बजेको समयमा भारतको प्रशासनले उनीहरुलाई जटही नाकामा छाडेर गएको थियो।  नाकामा करिब ७०० भन्दा बढी जनाको भीड भएपछि आक्रोसमा आएर उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध नाराबजी गर्दे नेपाल प्रवेश गरेका थिए ।

उनीहरु सुरक्षा घेरा समेत तोडदै जनकपुर तर्फको लागि प्रस्थान गरेका छन।

धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलका अनुसार प्रशासनले व्यवस्था गरेको २ समय विहान १० बजे र साँझ ६ बजे बस सेवा सँचालन गर्ने भनिएपनि उनीहरु आफू घर जानुपर्ने भन्दै जिद्द गर्दै घेरा तोडेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ