गुल्मी। गुल्मीको बडागाँउ गाविसका अग्नि पिडितहरुका लागि विभिन्न संघ सस्थाहरुबाट नगद आर्थिक सहयोग भएको छ। गत शनिबार भएको आगलागी बाट आफ्नो सारा सम्पत्ति जलेर आकाशको छानो ओढ्न बाध्य भएका बडागाँउ गाविस वडा नं. १,२ र ३ का अग्नी पिडीतहरुको लागी अहिले सम्म झण्डै २३ लाख बराबरको आर्थिक सहयोग संकलन भएको छ।
विभिन्न गाँउ विकास समितिहरु, संघसंस्था, विद्यालय, आमा समुह, क्लब, स्थानीय, विदेशी नेपालीहरु लगायतले गरी हाल सम्म २२ लाख ८२ हजार ३ सय ७६ रुपैया नगद सहयोग संकलन भएको अग्नि पिडीत अन्तर्गत सञ्चार समितिका सदस्य चुरा बहादुर छन्त्यालले जानकारी दिए। त्यसैगरी पिडीतहरुका अन्य जिन्सी, खाद्यान्न सामग्रीहरु समेत सहयोग भइरहेको छन्त्यालले जानकारी दिए।