arrow

नागरिकको क्षमता अभिबृद्धी गर्न विकास परियोजना सुरु

logo
प्रेम रौले।
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
Bajura-hamrakura.jpg.jpeg
बाजुरा। जिल्लाका ४ गाविसमा नागरिकहरुलाइ सचेतना, उनीहरुको क्षमता अभिबृद्धी गर्नका लागि विकास परियोजना लागु गरिएको छ। गाविसमा रहेका नागरिक, कृषकहरुको क्षमता अभिबृद्धीका साथै उनीहरुलाइ कृषि क्षेत्रमा सहयोग पुर्‍याउनका लागि उक्त परियोजना लागु गरिएको मानव संशासध केन्द्रका कार्यक्रम प्रबन्धक अग्नीराज शाहीले बताएका छन्। 
 
उक्त गाविसमा दिगो विकासका लागि पुर्वाधारहरुको निर्माण र सम्भाव्यताहरुको पहिचान गर्दै सही सदुपयोग गर्ने कार्यक्रमको लक्ष्य रहेको शाहीले बताए। कार्यक्रम कैलाशमाण्डौ, तोली, कुल्देवमाण्डौ र बाह्विसमा लागु हुदैछ। 
 
विकास परियोजनाले गाविसमा नयाँ प्रविधी प्रवर्द्धन गर्ने, लक्षित वर्गलाइ सशक्तिकरण तथा क्षमता अभिबृद्धी गर्दै लैजाने लगायतका परियोजनाको मुख्य उद्देश्य रहेको छ। परियोजना ३ वर्ष सम्म उक्त गाविसमा लागु हुने भएको छ। प्राक्टिकल एक्सनको र मानव संशाधन केन्द्रको प्राविधिक सहयोग र युरोपियन युनियनको आर्थिक सहयोगमा उक्त परियोजना लागु गरिएको बताईएको छ। 
 
परियोजना ३ वर्षसम्म सञ्चालन गरिने भएको हो। विकास परियोजनाले २ करोड २४ लाख ३७ हजार मध्ये गाविसका दिगो पुर्वाधारका लागि २४ लाख ९८ हजार, गरिवी तथा कृषिका लागि ९ लाख ३१ हजार ५ सय उद्यमशिलताका लागि १३ लाख ३२ हजार ८ सय ५० रुपैया सहकार्यका लागि १७ लाख ३ हजार ७ सय  २० रुपैया र कार्यालय व्यवस्थापनका २ लाख ३३ हजार २ रुपैया खर्च गरिने भएको हो।
 
कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले परियोजनालाई दिगो र यसलाइ सही रुपमा जनताका माझ अरुको भनाई जनताको हो भन्न सक्ने बनाउनु नै राम्रो हुने  बताएका छन्। परियोजनाले लक्षित वर्ग र उनीहरुको आयस्तरलाइ हेरी उनीहरुको दैनिक रुपमा आम्दानी गर्न सक्ने बनाउनु यसको उपलव्धी हुने बताएका छन्। मानव संशोधन केन्द्र बाजुराले यस भन्दा पहिले गरिवी निबारण आयोजना, कृषि खाद्य सुरक्षा कार्यक्रम लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ