arrow

ठोरीमा बनेको पुल संचालनमा भारतीय पक्षको अवरोध

बाटो खनेर अबरोध गरेका भारतीय सुरक्षा बललाई स्थानियले धकेलेरै पुर्‍याए भारततर्फ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १५ बिहिबार
thori-bridge-disturb-bsf.gif

ठोरी। पर्साको ठोरीमा भारतीय र नेपाली पक्ष बिच झडपको स्थिती देखिएको छ। नेपाली पक्षले ३ बर्ष अघि बनाएको पुल हिजोबाट संचालनमा ल्याएपछि भारतीय पक्षले अवरोध सिर्जना गरेको छ। 

भारततर्फ पानी गएको कुलो पुरेको भन्दै भारतीय पक्षले पुल संचालनमा अवरोध गरेका छन्। अहिले त्यहा ठोरीका स्थानियहरु पुगेका छन्।

हिजोबाट संचालनमा आएको पुलसँग जोडिएको सडक भारतीय पक्षले आजै भत्काइदिएको ठोरी ३ का वडा अध्यक्ष सुर्य लामाले जानकारी दिए।

दशगजाभित्रै नेपाली भूमीमा बाटो खनेर पुल संचालनमा अवरोध सिर्जना गरेको उनीहरुले बताए। पुल भएको ठाउँबाट दुई वटा कुलो बनाएर एउटा सिंचाईको लागि नेपालतर्फ र अर्को भारततर्फ लगिएकोमा उनीहरुले दुईटै कुलो भारततर्फ लैजान पुल संचालनमा अवरोध गर्न खोजेको वडाध्यक्ष लामाले बताए।

सीमा सुरक्षा बल सहित आएका भारतीय अधिकारीहरुले नेपालीहरुलाई हप्काई दप्काई गर्न खोजेपनि स्थानिय नेपालीहरुले प्रतिकार गरि उनीहरुलाई त्यहाँबाट पछि हट्न वाध्य बनाएका थिए। उनीहरुले भारतीयले खाल्डो खनेर भत्काएको बाटो समेत पुरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ