arrow

धारे हात लाएर गाली गर्ने अधिकार दिने, ‘यो संविधान राम्रो छैन त ?’ : ओली

म राष्ट्रिय सहमतिको सरकारको बाधक र विरोधी होइन

logo
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
oli-new.jpg.jpeg
काठमाडौं । ‘सरकार निष्फिक्री छ, त्यस कारण सफल छ ।’ सरकारबारे उठेका विभिन्न विषयको म जवाफ दिन्न, तथ्य मात्रै भन्न उभिएको छुँ, हो राष्ट्रिय सहमति चाहिन्छ, ‘तर तीब्र विकासका लागि, शान्ति र स्थायित्वका लागि ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार व्यवस्थापिका संसदमा सम्बोधन गर्दै भने ।       
ओलीले जालझेल गरेर, अध्यारो कोठमा छलफल गरेर अरुलाई अफ्ठ्यारामा पार्न सकिँदैन भनेका छन् । ओलीले आफ्नो सरकार ‘डिजाइन सम वेयर एल्स’ र मेडिन समय वेयर एल्स होइन’ भने । ओलीले यो यसै संसदले बनाएको सरकार भएको भन्दै प्रतिपक्षि समेत चाहिने बताए । 
औचित्यको आधारमा देशलाई फाइदा हुने गरी सहमति गरौं 
प्रधानमन्त्री ओलीले आफुलाई सम्वाद गरेन, सहति गरेन भन्ने आरोप लागेको बताउँदै अत्यन्तै खुल्ला हृदयका साथ केही असन्तुष्टि छन् भने बसेर छलफल गरौं भने । पौने २ घण्टा नियमित बोलेका अ‍ेलीले भने, ‘औचित्यका आधारमा देशलाई फाइदा पुग्ने गरेर सहमति गरौं, म सहमति विरुद्ध छैन ।’ 
 
सरकार हटाउन खोज्नुको कारण के ? 
ओलीले भने, ‘अहिले नेताहरुबीचमा शान्ति, स्थायित्व र स्थिरता खल्बल्याउने प्रयास भइरहेका  छन् ।’ अहिलेको सरकार हटाउनु पर्ने वास्तविक कारण ? स्थिरता भङ्ग गर्न खोज्ने, स्थायित्व हुन नदिने नै हो । त्यसबाट समस्या समाधान हुँदैन । हुन त म कसैलाई दोष दिन र खण्डन गर्न उभिएको होइन, ओलीले थपे, ‘साझा दृष्टीकोण मात्रै दिन उभिएको हो ।’ 
 
संसदबाटै धारे हात लाएर गाली गर्ने अधिकार दिने, ‘कति राम्रो संविधान’ 
प्रधानमन्त्री ओलीले नयाँ संविधानबारे बोल्दै फाष्ट ट्रयाकबाट संविधान ल्याउन हतारोमा अपूर्ण संविधान आयो भनेर मन कुँड्याउनु पर्ने कारण छैन भने । ओलीले प्रस्ट पार्दै भने, ‘प्रत्येक धारा धारमा भोटिङ गरेर, छलफल गरेर कयौं दिन लगाएर संविधान जारी भएको छ ।’ राय सुझाव संकलन भएको छ । सुझाव संकलन गरेर समेट्ने काम भएको छ । धेरै दिन लगाएर संविधान जारी गरेका छौं ।
 
संविधान लोकतान्त्रिक पद्धतिबाटै जारी भयो । विस्तारमा ओलीले भने, ‘जारी भएको चार महिना नवित्दै हामीले संविधान संशोधन समेत गरेका छौं ।’ असन्तुष्ट साथीहरुले भने जस्तो हामी तत्काल सही गर्दैनौं । यत्ति भए पुग्छ । १ वर्ष भित्र सिमाङ्कनको विषय टुंगो लगाउनु कुरा थियो, प्रश्न गर्दै ओलीले भने, –तनावकाबीच सहमति कसरी हुन्छ ?  ९० प्रतिशत जनताका प्रतिनीधिले हस्ताक्षर गरेको संविधानले यही संसदमा उभिएर गाली गर्ने अधिकार दिएको छ । व्यग्य गर्दै ओलीले भने, ‘अरे बाबा संविधानले संसदमा उभिएर धारे हालत लगाएर गाली गर्ने अधिकार कहाँ पाइन्छ, यी मजाले गाली गर्न पाइएको छ,, आ हा यो संविधान राम्रो छैन त ? ।’  
 
संविधान पुनःलेखन हुनै सक्दैन 
ओलीले मधेसवादी दलहरुप्रति लक्षित गर्दै संविधान पुनःलेखनको कुरै नगर्नुस् भने । ओलीले भने, ‘पुनःलेखन गर्ने कुरा नगरौं, संविधान पुनःलेखन गर्न सकिन्छ ? पुनः लेखन गर्न सकिँदैन । ओलीले ठोकुवाका साथ भनेका छन्, ‘संविधान पुनः खेलन हुन सक्दैन, आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ ।’ भोली केही गरी हामीलाई आवश्यक परेको खण्डमा मात्रै । 
 
म राष्ट्रिय सहमतिको सरकारको बाधक र विरोधी होइन 
प्रधानमन्त्री ओलीले अन्तिममा समेत त्यही कुरा बोले । ओलीले भने,‘ म, मेरो पार्टी, सरकारमा रहेका दल राष्ट्रिय सहमतिको सरकारकै पक्षमा छौं ।’ कसैलाई भ्रम नहोस् । ओलीले अहिलेको सरकार राष्ट्रिय सहमतिको सरकारको बाधक र विरोधी नभएको प्रष्ट्याए । सम्वाद र सहमतिबाट अघि बढे आफु तयार रहेको र कुनै बाधा नहुने ओलीको भनाई छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ