arrow

मन्त्रीमण्डल अझै ठूलो बनाउन मिल्छ, तर अब बनाउँदिन : ओली

logo
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
kp-ili.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार वर्तमान संविधानको संक्रमणकालिन व्यवस्था अनुसार गठन भएकाले आफु प्रधानमन्त्रीको निर्वाचन लडेदेखि संविधान कार्यान्वयनको चरणमा गएको बताएका छन् । ओलीले नयाँ संविधानको व्यवस्था अनुसार नै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयन भएको सुनाउँदै संविधान कार्यान्वयनका सन्दर्भमा सरकारले कामै नगरेको भन्ने ठाउँ कति नरहेको सुनाए । विहिबार व्यवस्थापिका संसदमा सम्बोधन गदैै प्रधानमन्त्री ओलीले १ सय ९३ वटा कानुन संशोधन भइसकेको जानकारी दिए । 
 
ओलीले भने, ‘४४ वटा कानुन संसदमा पुग्ने अवस्थामा छन् ।’ वर्तमान संविधान अनुसार नै निर्वाचन आयोग, सर्वोच्च अदालत, विभिन्न २१ देशको राजदूत नियुक्तिको सिफारिस भइसकेको छ । मुख्य सचिवको संयोजकत्वमा संघीय संरचना कार्यान्वयन र प्रशासनिक संयन्त्रको व्यवस्थापनको काम अघि बढिसकेको समेत ओलीले सुनाए । ओलीले भने, ‘मलाई संविधान कार्यान्वयनमा के गरिस् भन्ने प्रश्न गरिन्छ । १ सय १० संघीय कानुनको काम अघि बढीसकेको छ । 
 
यस्तै, पहिलो चरणमा २४ वटा कानुन मन्त्रिपरिषद्बाट स्वीकृत भई संसदमा ल्याउने तयारी भइसको छ । ओलीले भने, ‘ती २४ वटामा नागरिकता, सार्वजनिक सुरक्षा, महाभियोगलगायत छन् ।’ पुनःनिर्माण विधेयक समेत पारित भइसकेको छ । ओलीले आपुर्ति व्यवस्था सहज नभएको स्वीकार गर्दै सम्बन्धित मन्त्रालय र आयल निगमलाई सार्वजनिक रुपमै आपुर्ति सहज बनाउन निर्देशन दिएका छन् । यस्तै, कालोबजारी नियन्त्रणका लागि समेत ओलीले सम्बन्धित निकायलाई भनेका छन् । 
 
मन्त्री मण्डल अझै ठूलो बनाउन मिल्छ, तर बनाउँदिन 
ओलीले संविधानमा भएको व्यवस्थाकै सन्दर्भमा कुरा गर्दै दुई सय ६५ जनाको संसद हुँदा ५२, ५३ जनाको मन्त्रिमण्डल बनाएको अनुभव हामीमाझ रहेको सुनाए । ओलीले भने, ‘यो त ६ सय १ को संसद हो ।’ संक्रमण कालिन व्यवस्थामै भनिए अनुसार आवश्यकता अनुरुप उपप्रधानमन्त्री र मन्त्री राखेको हुँ । ओलीले थपे, ‘अझै राख्न मिल्छ, अब राख्दिँन ।’ ओलीले ३ करोडको भोज खायो भन्ने सन्दर्भमा समेत अहिले सम्म ८३–८४ लाख मात्रै खर्च भएको जवाफ दिए ।   
 
संसदमा नियमावली प्रतिवेदन र प्रि–बजेट प्रस्ताव प्रस्तुत
व्यवस्थापिका संसदमा प्रधानमन्त्रीले सम्बोधन सके लगत्तै संसदको नियमावली मस्यौदा समिति सभापति राधेश्याम अधिकारीले नियमावली प्रतिवेदन प्रस्तुत गरे । अधिकारीले म्याद थप सहितको प्रतिवेदन पेश गरेका हुन् । यस्तै, अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्षको विनियोजन बजेट तयारीकोको प्रस्ताव प्रस्तुत गरे । मन्त्री पौडेलले बजेटमा समावेश गरिने सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रस्ताव प्रस्तुत गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ