arrow

पत्रकारीता दिवसमा जयपृथ्वीको सम्झना

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
japrathavi.JPG.jpeg
बझाङ। सरकारीतह बाट पहिलो पटक मनाईएको प्रथम राष्टिय पत्रकारीता दिवस कार्यक्रममा बझाङमा भने पत्रकारीता संगै मानवताबादी राजा जयपृथ्वी बहादुर सिंहको सम्झना गरिएको छ । प्रथम राष्टिय पत्रकारीता दिवस कार्यक्रममा गोरखापत्र दैनिकको पहिलो सम्पादक जयपृथ्वी बहादुर सिहले नेपाली पत्रकारीताको सुरुवात र उनले गरेको योगदान वारे चर्चा गरि मनाएको हो । 
 
राष्टिय पत्रकारीता दिवस मुल समारोह समीतीले आयोजना गरेको पत्रकारीता दिवस बझाङ्गी राजा जयपृथ्बी बहादुर सिहंको जन्म भएको ऐतिहाँसिक दरबार हात्तीसारमा एक औपचारीक कार्यक्रम गरी मनाएको हो । पत्रकारिता दिवसमा बोल्ने अधिकाशं बक्ताहरुले नेपाली पत्रकारिताको जग बसाल्नु भएका सिहंले नेपाली साहित्य पत्रकारिता र मानवताका बिषयमा भए गरेका प्रयासहरुले सिंगो मुलुकै प्रतिनिधित्व गरि उहाँलाई स्मरण गराई रहेको बताएका छन् ।  
 
कार्यक्रममा प्रमुख अतिथी रहेका व्यवस्थापिका सांसद लाल बहादुर रावलले मानवतावादी राजा जयपृथ्वी सिह जन्मेको धर्तीमा पत्रकारीता गरी रहने जिल्लाका पत्रकारहरुलाई विकासमा सहकार्य गरी नकारात्मक नभए र सकारात्मक पक्षको उजागर गर्नु पर्नेमा जोड दिए   । उनले पत्रकार पेशा समाजको महत्वपुर्ण भएकाले अब दिगो शान्ती र आर्थिक विकासतिर पत्रकारहरुको कलमचल्नु पर्ने सुझाव दिए ।
 
सांसद रावलले  राजा सिंहले बझागं जस्तो बिकट ठाँउमा जन्मेर गोरखापत्र जस्तो पत्रिकाको पहिलो सम्पादक भई मुलुकलाई सुसासन तर्फ लिन ठूलो भुमिका रहेको बताउदै उनले जन्माएको पत्रिकाको स्थापना दिवसमा पत्रकारिता दिवस मनाई रहेको स्मरण गराए ।  नेपाली पत्रकारिताका सस्थापक समेत रहेका जयपृथ्वीको नाम बाट जयपृथ्वी सुशासन पत्रकारिता स्थापना गर्नु पर्ने मुल आयोजकका समितीका सदस्य जगदिस रोकायाले बताए । कार्यक्रममा बोल्दै रोकायाले नेपाली संञ्चार माध्यामको अभिभाबक समेत रहेको गोरखापत्र को प्रकाशन आरम्भ गर्ने जयपृथ्वी वहादुर सिंह लाई सरकारले समेत बिर्सेको बताए ।
 
तत्कालिन प्रधानमन्त्री चन्द्र शमशेरका ज्वाई समेत रहेका राजा जयपृथ्बी बहादुर सिहले बि.स. १९५८ मा गोर्खापत्र को प्रकाशनको आरम्भ गरेका थिए । नेपाली भाषाको पहिलो पुस्तक अक्षरांड्ढ लेखेका सिहंले तत्कालिन समयमा गोरखापत्रको सम्पादन समेत गर्ने गरेको विभिन्न पुस्तक हरुमा उल्लेख गरिएको छ । 
 
 साथै नेपालमा  पछिल्लो चरणमा पत्रकारहरुले गरेको योगदान र पत्रकारिता क्षेत्रमा भएका कमिकमजोरीका  बारेमा पनि चर्चा गरिएको थियो । कार्यक्रममा  श्रमजिवि ऐन कार्यान्वयन नभएकाले पत्रकारहरुको श्रमशोषण भई रहेको पत्रकारहरुले गुनासो राखेका थिए । सामाजीक आर्थिक रुपले पछाडी परेको जिल्लाको विकासका लागी पत्रकारहरुको ठुलो योगदान हुने हुँदा सरकारको पहरेदारको रुपमा पत्रकारले सत्य तथ्य र निश्पक्ष भएर जन्तालाई सुसुचित गराउनु पर्ने कार्यक्रमका बक्ताहरुले सुझाव दिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ